प्रहरीले नष्ट गर्‍यो ८ हजार ८९६ थान हतियार (तस्बिरसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१२ साउन, काठमाडौँ : विभिन्न समयमा बरामद ८ हजार ८९६ थान हतियार प्रहरीले नष्ट गरेको छ । कानुन बमोजिम जफत भएका, प्राप्त भएका, बरामद भएका र वेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १ हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान नष्ट गरिएको छ । यस्तै रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८९६ थान हातहतियार बुधबार कानुन बमोजिम नष्ट गरिएको प्रहरीको भनाइ छ ।

11690503173.jpg

नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाअध्यक्ष लगायतको रोहबरमा उक्त हतियार नष्ट गरिएको हो ।

21690503191.jpg
काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुन बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।

31690503235.jpg

उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापनका लागि  नेपाल प्रहरीप्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानुनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

41690503260.jpg

51690503260.jpg

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.