परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्धि सुविधाको नियम : साउन महिनामा राजस्व असुली कम

A notice in Nepali from Mechinagar Ward No. 10

१ भदौं, मेचीनगर : परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्धी सुविधाको नियमसँगै भारतीय बजारमा नेपालीले किनमेल गर्दा एकसय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लगाउन थालिएको भएपनि मेची भन्सार कार्यालय काँकरभिट्टामा राजस्व असुलीमा यसले खासै प्रभाव पारेन। चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन महिनामा कार्यालयले राजस्व असुली लक्ष्यको तुलनामा प्रगति गर्न नसकेपछि यसको प्रभाव नदेखिएको भनाई छ ।

१५ जेठ मा परिस्कृतरुपमा अर्थमन्त्रालयले प्रकाशित गरेको यात्रु भन्सार सुविधा अन्तरगत यस्तो नियम आएको थियो । यो नियम आएसँगै कसैले पनि नेपाल भारत सीमामा भारततर्फका बजारमा गरिने किनमेलमा एकसय रुपैयाँ भन्दा धेरै भयो भने भन्सार घोषणा गरेरमात्र नेपाल ल्याउन पाईने भन्सार विभागले स्पष्ट पारेको थियो । यो सँगै काँकरभिट्टा नाकामा कडाई गरिएको थियो ।

तर, चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन महिनामा यो कार्यान्वयन खासै प्रभावकारी नबनेको नेपाली व्यवसायीहरुको भनाई छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार साउनमा कार्यालयले १ अर्व ११ करोड ३२ लाख रुपैयाँ वा ९६ दशमलव ४७ प्रतिशत राजस्व संलकन भएको छ । त्यो महिना कार्यालयको राजस्व लक्ष्य १ अर्व १५ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । प्रगति भने करीव साढे तीन प्रतिशत जति कम भएको भन्सार अधिकारीहरुको भनाई छ । गत आर्थिक वर्षको २०७९/०८० को श्रावणमा ९३ दशमलव शुन्य १ प्रतिशत राजस्व संकलन भएको थियो ।

‘परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्धि सुविधाको नियमले राजस्व असुलीमा निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ’ एकजना भन्सार अधिकारीले भने— ‘१४ अगष्टका दिन यो नाका भएर पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) लगायत अन्य सामान नआएका कारण राजस्व लक्ष्यको तुलनामा प्रगति गर्न सकिएन् । ’ एकदिन नाकाबन्द हुदाँ ४ करोड रुपैयँँभन्दा बढी घाटा हुने भन्सारको भनाई छ । पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयातले राजस्व असुलीमा निक्कै टेवा पुग्ने गरेको छ । कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.