भागरथीको हत्यारालाई कारबाही माग गर्दै बुटवलमा प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

बुटवल — बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै अनेरास्ववियू छैटौँले बुधबार बुटवलमा प्रदर्शन गरेको छ ।

प्रदर्शन बुटवलको कालिका मानवज्ञान विद्यालयबाट सुरु भई मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै अखिल छैटौँ रुपन्देहीका अध्यक्ष सरोजमान सिंहले भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

‘बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउँदा घटना अपराधीको मनोबल बढेको छ,’ उनले भने, ‘यसले सरकारको उदासीनता प्रस्ट झल्किन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.