काठमाडौँ उपत्यकामा कर्फ्यू र निषेधाज्ञा जारी, शुक्रबारसम्म सुरक्षाको जिम्मा नेपाली सेनाको हातमा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ: देशभर चलिरहेको ‘जेन-जी’ आन्दोलन र त्यसबाट सिर्जित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनाले काठमाडौँ उपत्यकामा कर्फ्यू र निषेधाज्ञा जारी गरेको छ। नागरिकको धनजनको सुरक्षाका लागि भन्दै सेनाले भदौ २७ गते शुक्रबारसम्मका लागि यो आदेश जारी गरेको हो।

नेपाली सेनाको सैनिक जनसम्पर्क कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ। यसैगरी, बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म काठमाडौँ उपत्यकामा कर्फ्यू आदेश जारी गरिएको छ।

यसअघि, आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडका घटनापछि नेपाली सेनाले भदौ २४ गते राति १० बजेदेखि नै देशको सुरक्षाको सम्पूर्ण जिम्मा आफ्नो हातमा लिएको थियो। अहिले उपत्यकाभित्र कर्फ्यू र निषेधाज्ञा लगाएसँगै आन्दोलनकारीलाई थप दबाब परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.