कोदोको रक्सी प्रवर्द्धन समिति गठन

A notice in Nepali from Mechinagar Ward No. 10

३ साउन, धनकुटा : सामान्यतया कुनै कार्यक्रम गर्दा अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्छन तर, मंगलबार धनकुटामा एक कार्यक्रमको उद्घाटन शैली अनौठो देखियो।

कार्यक्रमको उद्घाटन गर्दा कार्यक्रमका अतिथिहरूले एकसाथ रक्सी रहेको गिलास उठाउँदै चियर्स भन्दै गरियो। कार्यक्रम थियो, परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धन समिति गठन। त्यसपछि कार्यक्रमलाई निरन्तरता दिइएको थियो।

धनकुटामा कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने उद्देश्यले समिति गठन भएको छ। रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दबाब दिन समिति गठन गरिएको हो।

समिति प्रदेशका १४ वटै जिल्लामा विस्तार गरी दबाब सिर्जना गर्ने समितिले जनाएको छ। ऐन संशोधन नहुँदा घरेलु मदिरा बनाउनेहरूले उत्पादन गरेको रक्सी पोख्ने गरिएको छ।

प्रदेश सरकारले कोदोबाट बनेको घरेलु रक्सी उत्पादन गरी ब्रान्डिङ गर्ने नीति लिएकाले यसका लागि ऐन संशोधन हुनु पर्ने समितिले जनाएको छ। समितिका संयोजकमा सारकुमारी आठपहरियालाई तोकिएको छ।

२१ सदस्यीय जिल्ला समिति रहेको समितिको सदस्य सचिव मनुकला लङ्वा लिम्बू रहेकी छन्। त्यसैगरी सातजनाकाे सल्लाहकार समिति पनि गठन भएको छ।

सल्लाहकार समितिमा सञ्जय सन्तोषी राई, रसबहादुर आठपहरिया, रुकमान तामाङ, सुरेन्द्र आठपहरिया, डम्बर कटुवाल, पार्वती राई र प्रमिला राई रहेका छन्।

प्रदेश १ सरकारले परम्परागत घरेलु कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिएपछि यसको प्रवर्द्धन गर्न जनस्तरबाट नै दबाब दिने उद्देश्यले प्रदेश १ मा रहेका १४ जिल्लामा समिति गठन गरिने प्रदेश १ का संयोजक टेकबहादुर खजुमले जानकारी दिए।

संयोजक खजुमले हालसम्म ६ वटा जिल्लामा जिल्ला समिति गठन भएको र साउनको दोस्रो हप्तासम्म १४ वटा जिल्ला मै समिति गठन गरिसक्ने बताए। उनले नागरिकस्तरबाट ऐन परिवर्तनको दबाबका लागि समिति गठन गरिएको जानकारी दिए।

तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको रक्सीको ब्रान्डिङ गरी आय आर्जनसँग जोड्ने योजना ल्याएकी थिइन्। सो योजनालाई राजेन्द्र राई नेतृत्वको सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.