‘कमाण्ड सम्हालेको चारदिनमा ठूलो सफलता’-प्रहरी उपरीक्षक केसी

दुई दिनमा १८ फरार प्रतिवादी पक्राउ, सातवटा चोरीका मोटरसाइकल फेला

A notice in Nepali from Mechinagar Ward No. 10

११ फागुन, मेचीनगरः प्रहरी उपरीक्षक मिलन केसीले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकोे चारदिनमा सोचे भन्दा बढी सफलता हात परेको बताउनुभएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाको परिसरमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले खास गरी चोरीका मोटरसाईकल फेला पार्ने, लागुऔषधमा संलग्नलाई तथा फरार प्रतिवादी पक्राउ गर्ने काममा झापा प्रहरीले सफलता हात पारेको स्पष्ट पार्नुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेको चारदिन मध्ये दुईदिनमा मात्र मा १८ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल हराएको भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोतलास गर्ने क्रममा ताप्लेजुङ जिल्लाको थेगिम्बा, नाल्बु, लिङ्थेप र फुङ्लिङलगायतका क्षेत्रबाट सातवटा मोटरसाईकल र चोरीमा संलग्न एकजनालाई पक्राउ गर्न सफल भई हाल अनुसन्धान भईरहेको बताउनुभयो ।

पक्राउ परेका मोरङको मिक्लाजुङ गाउँपालिका वडानम्बर —६ घर भई हाल झापाको बिर्तामोड —६ बुट्टावारी बस्ने योगेश मगर भन्ने बालकुमार मगरसहित फेला परेका सातवटा मोटरसाईकल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । पाचथरको हिलिहाङ गाउँपालिका —५ बाट मगरलाई ३ फागुनमा प्रहरीले पक्राउ गरेको र उनकै बयानका आधारमा मोटरसाइकल फेला परेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

विभिन्न समयमा झापाबाट हराएका मोटरसाइकलहरु

प्र.१—०३—००५ प ८०४३ नम्बरको २२० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर मोटरसाइकल, प्र.१—०१—०१६ प १२६ नम्बरको २२० सीसीको बजाज कम्पनिको कालो निला पल्सर मोटरसाइकल, प्र.१—०२—०४८ प ३२३७ नम्बरको २२० सीसीको बजाज कम्पनिको रातो सेतो पल्सर मोटरसाइकल, नम्बर प्लेट उल्लेख नभएको २२० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर मोटरसाइकल, को ३९ प १८४४ नम्बर प्लेट भएको १५० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर, ०१४ प ३१ नम्बर उल्लेख भएको एनएस मोटरसाइलक, प्र.१—०१—०१२ प ३५४७ नम्बरको २२० सीसीको बजाज कम्पनिको कालो रातो पल्सर मोटरसाइकल र बा ७२ प १९९१ नम्बर प्लेट भएको १५० सीसीको मोटरसाइकल बरामद भएको पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा उल्लेख छ । यी मोटरसाइकल प्रक्रिया पुरा धनीलाई जिम्मा लगाउने बताइएको छ ।

यसैगरी, झापा जिल्ला दमक ६ बाट झापा गौरीगञ्ज ३ का १९ वर्षका गगन ऋषिदेवलाई १०२ ग्राम ब्राउन सुगरसहित दमक प्रहरीले पक्राउ गरेको र उनलाई अनुसन्धान गर्ने क्रममा र उनकै बयानका आधारमा सोहि स्थान बस्ने २७ वर्षका रविन पासवानलाई नियन्त्रणमा लिई दुवैलाई झापा जिल्ला अदालतमा उपस्थित गराई १० दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले जानकारी गराउनुभयो ।

लागुऔषध, बहुविवाह, सवारी ज्यान, चेक अनादार, कुटपिट, चोरी, अबैध बनपैदावार, ठगी, अभद्र व्यवहार र गाली बईजतीलगायतका मुद्घाका फरार प्रतिबादीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा उल्लेख छ । सवैलाई फागुन १० र ११ गते दुई दिनमा विभिन्न स्थानबाट पक्राउ गरीएको जनाइएको छ । पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्की, जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी, प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरी, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक रोहितकुमार शर्मालगायतको सहभागिता थियो । उहाँहरुले पत्रकारहरुको जिज्ञाशाको जवाफ दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.