विवादास्पद धर्मगुरु श्रीनिवास पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौ । दुर्गा प्रसाई पक्षधरले काठमाडौँ गौशालामा गरेको प्रदर्शनका क्रममा हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरूद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुङ्गामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा आचार्य श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै मुद्दा चलाउने तयारी गरिएको हो।

यसअघि नाङ्गो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले गत असोजमा आचार्य श्रीनिवासलाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.