२९ साउन, मेचीनगर : पूर्वी पहाडी जिल्लाको मूख्य नगदेवालीको रुपमा रहेको अलैंचीको माग भारतमा बढेपनि सन्तोषजनकरुपमा निर्यातहुन सकेको छैन् । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कलाई आधार मन्ने हो भने वितेको चारवर्षयता पूर्वी काँकरभिट्टा नाका भएर हुने अलैचीको निर्यात खासै सन्तोषजनक छैन् ।
गत आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट्टा नाका भएर ३ अर्ब ३० करोड ४० लाख रुपैयाँ मूल्य बराबरको ४ हजार १ सय ३० मेट्रिक टन अलैची निर्यात भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा निर्यात निक्कै कमि हो । आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ८२ करोड २४ लाख रुपैयाँ मुल्य बराबरको ४ हजार ७ सय ७८ मेट्रिक टन अलैची भारत निर्यात भएको छ ।

वितेको आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ३० करोेड ७ हजार २ सय ३५ रुपैैयाँ मुल्य बराबरको ३ हजार ८ सय ५६ मेट्रिक टन अलैची भारत निर्यात भएको थियो । पूर्वीनाकाबाट हुने व्यपारमा अलैचीले राजस्व संकलनमा निक्कै ठूलो योगदान दिएको छ । पूर्वी पाहडी जिल्ला इलाम, ताप्लेजुङ्ग तथा पाचथर जिल्लामा उत्पादित अलैंचीको माग भारतीय बजारमा भएपनि बिराटनगर नाका भएर निर्यात हुने गरेको थियो । पछिल्लो समय काँकरभिट्टाबाट समेत निर्यात हुन थाले पनि आयातको तुलनामा निर्यात बढेको कार्यालयले जनाएको छ ।
खडेरी र रोगले अलैंची नष्ट भएपछि उत्पादन घटेपछि निर्यात समेत कम हुँदै गएको व्यवसायीहरुको भनाई छ । अलैंची उत्पादनमा गिरावट आएपछि किसान समेत चिन्तित बनेका छन् । उत्पादन र निकासी घटेकाले किसानको आर्थिकस्तरमा मात्र नभएर देशकै अर्थतन्त्रमा समेत असर पर्ने मेची उद्योगा वाणिज्य संघका सदस्य भूमि पौडेलले बताउनुभयो । नेपालमा उत्पादित अलैचीको बजार अहिले भारतीय बजारमा निर्भर छ । सधैं भारतको बजारमा निर्भर रहदा अलैंचीको निर्यात तेस्रो मुलुकको बजार सम्म पुग्न नसकेको किसानहरुको भनाई छ । पछिल्लो समय सबैभन्दा धेरै अलैंची बंङ्गलादेशमा प्रयोग हुने गरेपनि नेपाली उत्पादन त्यहासम्म पुग्न नसकेको उनीहरु बताउँछन् ।
























