ज्येष्ठ नागरिक भत्ता वृद्धि भएपछि खुशीयाली उनीहरु भन्छन्— ‘ओली सरकारको जय जय होस ’

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १७ जेठ / सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटप्रति बिभिन्न कोणबाट टिका टिप्पणी भइरहेका बखत देशका ज्येष्ठ सदस्यहरुले बजेटको खुलेरै स्वागत गरेका छन् । सरकारले नयाँ बजेटमार्फत भत्ता बढाएर चारहजार बनाएपछि उनीहरुले बजेटको खुलेरै स्वागत गरेका हुन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा प्रस्तुत गर्नुभएको बजेटमा हाल दिइदै आएको भत्तामा एक हजार रकम बढाइएर चार हजार रुपैयाँ पुर्याईएको छ ।

प्रस्तुत बजेटसंगै बिभिन्न माग राख्दैं सरकारसंग बेलाबेला जुहारी खेल्दैं आएका ज्येष्ठ नागरिकहरुको मुहारमा खुशी छाएको छ । नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले सुरुवात गरेको थियो । स्वर्गीय मनमोहन अधिकारीको मन्त्रीमण्डलका तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गर्नुभएको थियो । जुन सरकार नौ महिनाभन्दा बढी टिक्न सकेन् ।

यो कार्यक्रम लोकप्रिय भएपछि पुनः उहाँ नै अधिकारीले २०६० सालमा सो रकममा ७५ रुपैयाँ वृद्धि गरेर १ सय ७५ रुपैयाँ पुर्याउनु भएको थियो । २०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा.बाबुराम भट्टराई ३ सय २५ बढाएर ५ सय रुपैयाँ पुर्याउनु भएको थियो । उक्त रकमलाई बढाएर २०७१ सालमा नेपाली काँग्रेस सरकारका अर्थमन्त्री डा.रामशरण महतले १ हजार रुपैयाँ पुर्याउनु भयो भने २०७२ सालमा एमाले अर्थमन्त्री बिष्णु पौडेलले सो रकममा एकहजार बढाएर मासिक २ हजार रुपैयाँ पुर्याउनु भएको थियो । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले वृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा प्रस्तुत गर्नुभएको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएर चार हजार रुपैयाँ पुर्याएपछि देशभरका ज्येष्ठ नागरिकहरुले यसको तारीफ गरेका छन् । ज्येष्ठ नागरिकले पाउँदैं आएको ज्येष्ठ नागरिक भत्ता बढाएर ५ हजार रुपैयाँ पुर्याउनु पर्ने, ६० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिक घोषणा गर्नुपर्ने, स्वास्थ्य बिमाको व्यवस्था हुनुपर्ने, सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई आरक्षण सिट र ५० प्रतिशत छुट दिइनुपर्ने, सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतलमा ५० प्रतिशत औषधोपचारमा छुट पाउनुपर्ने, सार्वजनिक निकायमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा, लाइनमा बस्नु नपर्ने व्यवस्था गर्नुपर्ने, आमाबाबुको निधन नभएसम्म अंश अधिकार छोरा छोरीले नपाउने व्यवस्था गर्नुपर्ने लगायतका ८ बुँदे मागसहित ज्येष्ठ नागरिक धर्नामा बसेका थिए । २०६९ फागुन २४ गतेदेखि राजधानीको यातायात व्यवस्था विभागको परिसरलाई धर्नास्थल बनाएर उनीहरु बसेका थिए । धर्नामा बसेका बखत १६ जना जेष्ठ नागरिकको निधन भएको थियो । सरकारले बजेट प्रस्तुत गरेसंगै ज्येष्ठ नागरिकहरुको माग समेत सम्बोधन गरेका कारण उनीहरुको धर्ना समेत टुंगिएको थियो ।

यो कार्यक्रमलाई सबैले भोट बैंकका रुपमा समेत चिन्ने गरेका छन् । शायद त्यहि भएर होला हरेक सरकारले बजेट घोषणा गर्दा यसलाई प्राथमिकतामा राख्ने गरेका छन् । सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलित/कर्णालीका जेष्ठ नागरिक,पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासी/जनजाती र बालबालिका समेटिन्छन् ।

कम्युनिष्टको सरकार आयो भने ६० वर्ष पुगेकाहरुलाई गोली हानी मार्छ अरे भन्थे झन पैसा पो दिएर गयो, एमालेको सरकारले ज्येष्ठ नागरिक तथा विधवा भत्ता दिने निर्णय गरे पछि देशभरका उमेरले डाडा काटेकाहरुको मुख्य सहरा नै यही भत्ता बन्ने गरेको छ ।’

बजेटले उनीहरुका धेरै माग सम्बोधन गरेको छ । भत्ता बढेकोे छ । जेष्ठ नागरिकका सवै माग सरकारले पुरा नगरे पनि केहि मागलाई बजेटले सम्बोधन गरेको जेष्ठ नागरिक संघ झापाका पुर्व उपाध्यक्ष एवम् वर्तमान संघका सल्लाहकार सदस्य कृष्णप्रसाद उप्रेतीको भनाई छ । भत्तालाई बढाएर हामीले मासीक ५ हजार रुपैयाँ पुर्याउनु पर्छ भनेका छौ १ सय रुपैयाँबाट शुरु भएको भत्ता चारहजार रुपैयाँमा पुगेको छ यसले गर्दा यो देशका सवै ज्येष्ठ नागरिक खुशी भएको उहाँको भनाई छ ।
यो बजेटबाट सरकार ज्येष्ठ नागरिकप्रति उद्दार बनेको संघका सदस्य एवम् पुर्व प्रहरी नायव उपरीक्षक धनप्रसाद शिवाकोटीको भनाई छ । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार ज्येष्ठ नागरिकमैत्री सरकार भएको देशभरका ज्येष्ठ नागरिकले महशुस गरेको उहाँको भनाई छ । ज्येष्ठ नागरिकका शतप्रतिशत माग सरकारले पुरा नगरे पनि सरकार क्रमस ज्येष्ठ नागरिकमैत्री बन्दैं गएको छ भन्दैं शिवाकोटीले ज्येष्ठ नागरिकका सवै माग सरकारले पुरा गर्नुपर्ने धारणा राख्नुहुन्छ । बजेटको सकरात्मक पक्षको स्वागतमा आफूले खुशीयाली मनाएको उहाँको भनाई छ । भत्ता बढेका कारण आफूमा धेरै खुशी पलाएको झापा मेचीनगरकी ८७ वर्षीया रमादेवी खत्री सुनाउनुहुन्छ । बजेट भनेको उनलाई थाहा छैन् तर, बजेटमा आफुले पाउँदैं आएको ज्येष्ठ नागरिक भत्ता बढेको नाती कुमारले सुनाएपछि उहाँको अनुहारमा खुशी पलाएको छ । उहाँले सरकारको जय जय होस भन्दैं जयजयकार गाउनुभयो । कम्युनिष्टको सरकार आयो भने ६० वर्ष पुगेकाहरुलाई गोली हानी मार्छ अरे भन्थे झन पैसा पो दिएर गयो, एमालेको सरकारले ज्येष्ठ नागरिक तथा विधवा भत्ता दिने निर्णय गरे पछि देशभरका उमेरले डाडा काटेकाहरुको मुख्य सहरा नै यही भत्ता बन्ने गरेको छ ।’

‘कर्मचारीको तलव बढ्यो हाम्रो भत्ता ’ मेचीनगर–६ का देविप्रसाद उप्रेती भन्नुहुन्छ – ‘अब महिनाको चारहजार हुने भयो फलफूल खान्छौ केहि केहि त रुपैयाँ बैकमा पनि राखेका छौ । ७२ बर्षिय हर्कमान साँवालाई बजेटमार्फत भत्ता बढेको सुनेपछि खुशीको सीमानै रहेन । जे होस सरकारले हामीलाई सम्झियो हामीप्रति सम्मान जनायो धेर थोर जे भएपनि भत्ता वृद्धि गर्यो उहाँले भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.