केवल मोवाईल (Mobile)थिएन !- -डम्बर रुचाल

A notice in Nepali from Mechinagar Ward No. 10

यती ठुलो संख्यामा
विद्यार्थीहरू,
अकस्मात कट अफ हुँदै गर्दा
एसईईमा,
अचानक रोकिदै गर्दा,
झलस्स सम्झना आयो
५४ साल सम्मको
मेरो बालापन
१० बर्ष सम्म बिताएको
मेरो विद्यार्थी जीवन
निकै रमाईलो थियो,
गणितको १०० बढी ,
ऐक्षिक गणितको अगाडि पछाडि
डबल ट्रिपल फर्मुलाहरू
सररररर भन्नै पर्थ्यो
गर्नै पर्थ्यो,
घोकेकै हो, शिक्षकका अगाडि
फररर भनेकै हो ,
नियन्त्रण राम्रै थियो,

नभने र भन्न नसके परामर्श पाएकै हो,
अटेर गरेमा, छल्न खोजेमा
कहिलेकाहीँ ढाँटन खोजेमा,
झाप्पु पनि खाएकै हो, भाटा पनि खाएकै हो,
सकारात्मक र नकारात्मक दुबै
उत्प्रेणाको बीचबाट
कक्षा कोठा, स्कुल ग्राउण्ड,
घर अनि शिक्षक बीच
हुर्केकै हो।
कहिले काहीँ भोक लागेकै हो,
टाउको दुखेकै हो,
खाता नभएर होमवर्क नगर्दा पनि
पैसा नभएर खाता नकिने पनि शिक्षकका
प्रेरक हातको पिटाई खाएकै हो,
तर पनि ,
तर पनि मेरी आमाले
कहिले कुनैदिन
ओड पस्नु भएन,
शिक्षक माथि प्रश्न गर्नु भएन ,
किन कि
मेरी आमाले
शिक्षक माथि भरोसा राख्नु हुन्थ्यो,
शिक्षकको मर्यादा बुझ्नु भएको थियो,
मैले लाड प्यार पाएर
मैले मौकाको फाईदा लिन्छु भनेर
शिक्षकको मर्यादा
भन्दा ठुलो मेरो शिक्षकले मलाई गरेको
नियन्त्रण माथि कुनै दोस दिनु हुन्नथ्यो।

मलाई थाहा छ,
१२ बजे रातिसम्म ,
लोटामा पानी राखेर
गणित अभ्यास गरेको
मलाई थाहा छ, पाहुना आउँदा समेत
१२ बजे रातिसम्म
खमारमा परालको मुठाको ओतमुनि
लोटामा पानी राखेर
हात्तीको आवाज, सुन्दै
सयौ फर्मुलाहरू
सयौ पाठहरू पढेको,
भट्याएको,
सबै थोक थियो, सबै काम भ्याईन्थ्यो,
घाँस पनि काटेकै हो, निन्दा बगर साक्षी छ,
दाउरा पनि चिरेकै हो, बोकेकै हो,
गङगटे, बहुवन साक्षी छन् ।
ढुङगा पनि टिपेकै हो, गोठालो पनि गरेको हो,
माछा पनि खोजेकै हो,
निन्दा खोला साक्षी छ,
मकै पनि गोडेकै हो,

हात्ती पनि खेदेकै हो, गुच्चा पनि खेलेकै हो,
नजानेको र नगरेको खास
केही थिएन, फेरि पनि पढन सम्म पढेकै हो,
रट्न सम्म रटेकै हो, भानु मैदान साक्षी छ !
टि.भी. पनि थियो,
व्ल्याक एण्ड ह्वाईट
रङगीन सबै थियो,
“युग देखी युग सम्म”
खोज्दै धुलाबारी गएकै हो,
नक्सलको हरेकमाल
सँगै मागी लत्ता लाएकै हो,
खोप्पी खेली १ रूपैयँ डलर मात्र हैन,
डण्डी, एम आई राईट सबै
खेलेकै हो,

तर पनि तर पनि
रट्ने रटाउने, पढ्ने पढाउने
शिक्षक सँधै मेरा लागि
सफल शिक्षक नै थिए,
५४ साल मेरा लागि
मेरो मन मष्तिस्कका लागि
परिणाम मुखीनै थियो,
एस.एल.सी रिजल्ट उल्लासमय र
ऐतिहासिक नै थियो,
सबैथोक भएर पनि
सबै थोक गरेर पनि
स्मरण राम्रो थियो, मनस्थिति
एकिकृत थियो, क्रियाशील थियो,

चलायमान थियो, सन्तुलित थियो
किनकी मेरी आमाले मलाई
स्कुल नजाँदा,
स्कुल भागेर घर आउँदा,
काठे लिस्नोमा बाँधेर,
बाँसको हरियो सिर्काना
लगाएको, मेरो लागि दवाई थियो ,
अहो रात्र मेरा लागि समर्पित
शिक्षकको कढाई थियो,
कलव्रेक थियो, सबै थोक थियो ,
केवल आजको
पव्जी थिएन, गुच्चा थियो
तर फ्रि फायर थिएन,

सबै थियो, बिहानै बेलुकै
भातै नखानी गरी,
परिवाररै विर्सने गरी
साथी समाज, मान मर्दन
विर्सने गरी खेल्न पाउँने
झुम्न पाउँने ,
दिमागै जाम हुनेगरी
मनै ह्याङ हुने गरी,
सबै विर्सेर भुल्लिन पाउँने गरी
आजको मोवाईल थिएन,
हो आजको मोवाईल थिएन,
आदतै विगार्ने संयन्त्र थिएन,

हो त्यो बेलामा
मेरो साथमा मलाई उकास्ने
मेरो कोही थिएन, मेरो पढाई,

मेरो लेखाई, मेरो एसईई बिगार्ने
मेरो साथमा उ बेला
मोवाईल थिएन ,
मेरो साथमा मसँग
मोवाईल थिएन।

(लेखक रुचाल प्याब्सन मेचीनगरका अध्यक्ष एवम् थेसिस इङ्गलिस स्कुल मेचीनगर ३ का संस्थापक प्रधानाध्यापक समेत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.