०८४ काे चुनावमा दुईतिहाई ल्याउने रविको उद्घोष

A notice in Nepali from Mechinagar Ward No. 10

२ भदौं, मेचीनगर : रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेले आगामी ०८४ सालकाे चुनावमा दुइतिहाई ल्याउने दावी गरेका छन् ।

आज मेचीनगर-७ काे ईटाभट्टा चाेकमा पार्टीको क्षेत्रीय समितिले आयोजना गरेकाे जनसभालाई सम्बाेधन गर्दै सभापति लामिछानेले यस्ताे कुरा बताएका हुन् ।

´गत चुनावमा ५ महिनामा २१ सिट दिएर जिताउनु भयाे` लामिछानेले भने-´अब आउँदो ०८४ सालकाे चुनावमा दुइतिहाई (बहुमत) ल्याउछाैँ ।´

विदेशीकाे ईसारामा चलेकाे हल्लालाई चिर्दै उनले भने- ´विदेशीकाे ईसारामा पार्टी कहिले चल्दैन । कसैकाे अगाडि झुक्दिन । झुक्दा नेपाली जनतासँग झुक्छु ।`

सबैकाे सत्रु भनेकाे गरिबी, अशिक्षा र बेरोजगारी नै रहेकाे उनकाे भनाई थियाे ।

देशकाे नाजुक अवस्था देखेर विगतमा सञ्चारकर्मी हुँदा जनताले मलाई चुनाव लडेर राजनीतिमा आउन आग्रह गरेकाे सन्दर्भ जाेड्दै उनले त्यसैले देशकाे सेवा गर्न राजनीतिकमा सकृय भएको बताए ।

कार्यक्रममा पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्यहरू मनिष झा, रमेश प्रसाईं , प्रमुख सचेतक सन्ताेस परियार, सांसद निषा डाँगी लगायतले ललिता निवास, नक्कली भुटानी शरणार्थी , सुन तस्करी काण्डका मतियारहरूलाई छानविन गरेर कडा कारबाही गर्न माग गरेका छन् ।

पार्टीका क्षेत्रीय सभापति भिमबहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन कमल गाैतम र प्रकाश भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.