अन्तर्राष्ट्रिय समुदायलाई ओलीको सन्देश : कोरोना नियन्त्रणमा आउन लाग्यो, खोप चाहिएको छ

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गर्नु भएको छ । पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई लगाइसक्ने लक्ष्य लिएको उहाँले बताउनु भयो ।

अमेरिकी संचारमाध्यम सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भाइरस नियन्त्रणमा आए पनि तत्काल खोपको जरुरी भएको बताउनु भएको हो । उहाँले भन्नु भयो, ‘मुलुकमा ७५ प्रतिशतले भाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । बाँकी संक्रमणका लागि हामीले काम गरिरहेका छौं ।’

दोस्रो लहरमा नेपालमा अक्सिजन र बेड अभाव भएको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो हुन नदिन सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । ‘हाम्रो जनसंख्या ३ करोड मात्र छ । केही नागरिक समूहलाई हामीले खोप लगाइसकेका छौं’ ओलीले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.