जोगमाया सम्झियो अनेम संघले : विभिन्न विधाका ६ जनालाई एउटै मञ्चमा सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

७ भदौं मेचीनगर : तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ ।

झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रम २०७९ का अवसरमा दिवंगत थापासहित विभिन्न विधाका ६ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघका केन्दी्रय सचिव मेनुका काफ्लेलगायत विशिष्ट अतिथि, अतिथिहरुले दिवंगत थापालाई प्रदान गरेको सम्मान उहाँका छोरा प्रदिपकुमार थापाले ग्रहण गर्नुभएको थियो । जनताको सु–सूचित हुने प्रजातान्त्रिक एवम् नैसर्गिक अधिकारको मूल्य र मान्यतालाई सम्मानसहित राष्ट्रलाई सचेतना जगाउन २०५१ साल अखिल नेपाल महिला संघको अध्यक्ष भएर संगठन विस्तारमा छुट्टै पहिचान बनाउन गरेको त्यागको उच्च मुल्याङ्कन गदैं उहाँलाई मृत्युपर्यन्त सम्मान गरिएको आयोजकले जनाएको छ ।

समाज परिवर्तनको पक्षमा रहेर काम गर्दै जादाँ २०३५ सालमा तात्कालिन ज्यामिरगढी गाउँ पञ्चायतको निर्वाचनमा दिवंगत थापाका पति बलबहादुर थापा प्रधानपञ्चको प्रत्यासी बन्दा तात्कालिन पञ्चहरुले उहाँलाई उम्मेद्वार हुनबाट बञ्चित गरी पक्राउ गरेर हिरासतमा राखेका थिए । पतिलाई हिरासतमा राखेपछि जोगमायालाई उम्मेद्वार घोषणा गरिएको थियो । त्यस्तो अवस्थामा समेत जनताको साथले जोगमाया अत्यधिक मतले विजयी हुनुभएको थियो । दिवंगत जोगमायाको राजनीति जीवनीका बारेमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य भीम खवासले प्रष्ट पार्नुभएको थियो । सम्मान पत्र एमाले नेतृ कल्पना ओली सिटौलाले वाचन गर्नुभएको थियो ।

यसैगरी, नेकपा एमाले पार्टीका नेता कार्यकर्ताहरुलाई संरक्षण दिएर पार्टी निर्माणमा योगदान दिइएको भन्दैं देवीमाया खवासलाई सम्मान गरिएको छ । पार्टी भूमिगत रहेका बखत पार्टी निर्माणमा जुटेका कम्यूनिष्ट नेता कार्यकर्ताहरुलाई संरक्षण दिएर खवासले पार्टी निर्माणमा उल्लेखयीय योगदान गरे स्वरुप यसको उच्च मुल्याङ्कन गदैं सम्मान गरिएको हो । उहाँको सम्मान पत्र नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य भीम खवासले ग्रहण गर्नुभएको थियो ।

नोवल कोरोना भाइरस कोभिड १९ को महामारीमा आफ्नो जीवनको कुनै पर्वाह नगरी स्थानीयवासीलाई छिटो छरितोरुपमा स्वास्थ्य सेवा प्रदान गरेर संक्रमणबाट जोगाएको र स्वास्थ्यक्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा र मेचीनगर नगरपालिकाका स्वास्थ्यकर्मी मिलन शेर्पालाई संयुक्तरुपमा सम्मान गरिएको थियो ।

मानविय सेवामा समर्पित नेपाल रेडक्रस सोसाईटि मेचीनगर शाखाका अध्यक्ष कुसुम कोइराला र खेलकुदको माध्यमबाट नेपालको नाम अन्तरािष्ट्रय क्षेत्रमा चिनाउन सफल भएको भन्दैं मेनुका राउतलाई संघले सम्मान गरेको थियो ।

प्रमुख अतिथि काफ्ले, विशिष्ट अतिथि संघका केन्द्रीय सदस्य एवम् मेचीनगर नगरउपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाईं, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले दोसल्ला,अविर टीका र सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमा २५ भन्दा बढी महिला ज्येष्ठ सदस्यहरुलाई समेत रुद्राक्षको मालासहित दोसल्ला प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न पकवान भोजन गराउनुका साथै तीजका गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

अखिल नेपाल महिला संघ मेचीनगर कमिटी अध्यक्ष जानुका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय सदस्य लता प्रसाईं र सुशीला दाहाल खतिवडाले कविता वाचन गर्नुभएको थियो । प्रमुख अतिथि काफ्ले, विशिष्ट अतिथिहरु संघका केन्द्रीय सदस्य उप्रेती, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेललगायतले तीजको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

संघकी सचिव अनिता गुरागाईं, सहसचिव विनिता उराउँले संयुक्तरुपमा सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सबैलाई उपाध्यक्ष हेमा सिटौला शिवाकोटीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नौमती बाजाको धुनमा सबैजना छमछम नाचेका थिए । 456

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.