इष्ट होराइजन मा.वि. फाइनलमा प्रवेश : गंगा मेमोरियल सेमी फाइनलमा प्रवेश

A notice in Nepali from Mechinagar Ward No. 10

१ पौंष, मेचीनगर : झापाको मेचीनगरमा भइरहेको अन्तर मा.वि. फूटबलमा इष्ट होराइजन मा.वि. धुलाबारी फाइनलमा प्रवेश गरेको छ। काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा भइरहेका मेचीनगर स्तरीय अन्तर मा.वि. फूटबलको आज भएको खेलमा इष्ट होराइजनले काँकरभिट्टा मा.वि.लाई २–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा ठाउँ पक्का गरेको छ ।
इष्ट होराइजन मा.वि.का लागि खेलको ३१ औं मिनटमा प्रेजिन खड्काले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ४२ औं मिनेटमा इष्ट होराइजनकै सार्थक वस्नेतले थप १ गोल गर्दै अग्रतालाई दोब्बर पार्न सफल भएका थिए ।
त्यस्तै आजै भएको अर्को क्वाटर फाइनल खेलमा गंगा मेमोरियल मा.वि. नकलबन्दाले डिफेण्डिङ्ग च्याम्पियन अरुणोदय आवासीय मा.वि.लाई १–० गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । खेलको ४३ औं मिनेटमा अरुणोदय आवासीय मा.वि.का जर्सी नम्बर ११ का सुजन बेस्राले गंगा मेमोरियलका खेलाडीलाई डिबक्स एरियामा फल्ड खेलेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गंगा मेमोरियलका स्मिथ राईले आफ्नो टिमलाई सेमी फाइनलको यात्रा तय गराएका छन् । दोस्रो खेलको म्यान अफ दि म्याच गंगा मेमोरियलका साहिल धिमाललाई प्रदान गरिएको छ ।यही पौष ५ गते सम्म सञ्चालन हुने खेलमा मेचीनगरका १२ वटा टिमले सहभागिता जनाएका छन् । विजेता टिमले नगद रु. २० हजार र उपविजेत टिमले नगद रु. १० हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद रु. ३ हजार, सर्वाधिक गोलकर्ता खेलाडीले रु.२ हजार ५ सय, उत्कृष्ट गोल रक्षक खेलाडीले नगद रु. २ हजार, उदयीमान खेलाडीले नगद रु. १ हजार ५ सय र फाइनल खेलको म्यान अफ दि म्याचले नगद रु. १ हजार प्राप्त गर्ने काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिनबहादुर वस्नेतले मेरो मेचीनगरलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.