निरज कोइरालाको “आमा” इटहरीमा सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

 इटहरी: छन्द कवि निरज कोइरालाको गीतिखण्ड काव्य´आमा’ लोकार्पण भएको छ। लामो समयदेखि इटहरीमा रहेर नेपाली विषय अध्यापन गराउँदै आएका कोइरालाको नयाँ कृति कृति इटहरी पचरुखीस्थित जनजागरण पुस्तकालयमा लोकार्पण भएको हो ।

नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका पूर्वका दिग्गज साहित्यकाहरुले सयुक्त रुपमा ´ आमा` कृतिको लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा टीका आत्रेय, रोहिणी रसिक, रामप्रसाद खरेललगायतद्वारा कवि कोइरालाको व्यक्तित्व र आमा गीति खण्डकाव्यको चर्चा गरिएको थियो ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि महाकाव्यकार डम्बरुबल्लभ भण्डारीले कृति मुनामदनको झल्को खालको रहेको बताए। लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले आमा गीति खण्डकाव्य पढ्दै गर्दा झ्याउरे छन्द प्रयोग भएका कारण महाकवि देवकोटाको अमर–काव्य मुनामदनको स्वाद र झल्को आउने चर्चा गरेका थिए । झ्याउरे गीतिलयमा सिर्जना गरिएको आमा गीति खण्डकाव्यको भूमिका आत्माराम न्यौपानेले लेखेका छन् भने कृष्णविनोद लम्साल,डा.रामजी तिम्सिना,नन्दलाल आचार्य ,डम्बरुबल्लभ भण्डारी र बिमला पोख्रेलको शुभकामना रहेको छ।

जनजागरण पुस्तकालयको ३८औँ रचना वाचन शृङ्खलाका रूपमा आयोजित सो लोकार्पण कार्यक्रम कालिदासको कोइरालाको सञ्चालन, भैरव सापकोटाको सभापतित्व र टीका मिलनको स्वागत मन्तव्य रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.