रोटरी क्लब अफ काँकरभिट्टाको १२ औं स्थापना दिवसको अवसरमा विश्रामालय हस्तान्तरण

रोटरीको ‘डिष्ट्रीक गर्भनर भिजिट’ सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

६ फागुन, मेचीनगर : रोटरी क्लब अफ काँकरभिट्टाले आफ्नो १२ औं स्थापना दिवसको उपलक्ष्यमा मेचीनगर -११, धाइजनको कोभिड अस्पताल (स्वास्थ्य चौकी) मा निर्माण गरेको विश्रामालय मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

शुक्रबार मेचीनगर–११ स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको विश्रामालय रोटरी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, पूर्व अध्यक्ष राधिका क्षेत्री गुरुङले मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथि उप्रेतीले विश्रामालयको रिविन काटेर विधिवत रुपमा उद्घाटन गरेकी थिइन् । उनले रोटरी क्लबलाई धन्यवाद दिँदै विश्रामालयको संरक्षण गर्ने जिम्मा नगरपालिकाको रहेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, क्लबका अध्यक्ष बुढाथोकी, पूर्व अध्यक्ष गुरुङ लगायतले बोलेका थिए ।

क्लबले आगामी दिनमा नगरको १५ वटै वडाको स्वास्थ्य चौकीमा विश्रामालय स्थापना गरिने लक्ष्य लिएको बताएको छ ।

मेचीनगरका विभिन्न स्वास्थ्य चौकीहरुमा विश्रामालय र अन्य विभिन्न कार्यक्रमहरु गरिने क्लबका सर्भिस प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डेले जानकारी दिए ।

रोटरीको ‘डिष्ट्रीक गर्भनर भिजिट’ सम्पन्न

स्थापना दिवसकै अवसरमा रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२१/२२ का ‘डिष्ट्रीक गर्भनर’ सन्तोषप्रसाद रिजालले रोटरीलाई सरकारी तथा गैरसरकारी नाफामुलक संस्थाका रुपमा हेर्न नहुने बताउनुभएको छ ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको ‘डिष्ट्रीक गर्भनर भिजिट’ का अवसरमा शुक्रबार साँझ मेचीनगरस्थित होटल इस्ट्रन ग्राण्डीमा आयोजित कार्यक्रमा ‘डिष्ट्रीक गर्भनर’ रिजालले रोटरीको परिभाषा र रोटरीका बारेमा ७० र ८० प्रतिशत मानिसले बुझ्न बाँकी रहेकाले हरेक व्यक्तिलाई रोटरीका बारेमा बुझाउनुपर्ने रोटरियनहरुको मुख्यः भूमिका रहेको प्रष्ट पार्नुभयो । रोटरी के हो ? यसले के गर्छ ? लगायतका विषयमा सर्वसाधारणहरुलाई रोटरियनहरुले बुझाउनु पर्ने उहाँको भनाई थियो । रोटरी जस्तो संस्थामा महिलाहरुलाई विशेष प्राथमिकताका साथ अगाडि ल्याउनु पर्ने कुरामा वहाँले जोड दिनु भयो । सोही अवसरमा रिजालले रोटरी क्लब अफ काँकरभिट्टाको वार्षिक गतिविधि सहितको प्रतिवेदन बुझ्नुका साथै क्लबद्वारा सम्पन्न गरिएका विभिन्न विद्यालयहरुका खानेपानी प्रेजेक्ट अवलोकन तथा मेची आम्दा अस्पतालमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट स्थलको समेत अवलोकन गर्नुभएको थियो ।

यो अन्तर्राष्ट्रिय संस्था भए पनि यसको सदस्य बन्न कुनै दल, लिङ्ग, धर्म, वर्ग, संस्कृति कला जातले नछेक्ने बताउँदै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर यो समाजकालागि केही गरौ भन्ने पेशा वा व्यवसायमा आवद्ध व्यक्ति नै यसको सदस्य हुने पोखरेलले प्रष्ट पार्नुभयो । रोटरीको इतिहास हेर्ने हो भने निक्कै राम्रा र उपलब्धिमुलक काम रोटरीले गरेको भन्दैं उहाँले रोटरीको यस कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको दावी गर्नुभयो । तर, रोटरीको सदस्य भइसकेपछि आफ्नो जिम्मेवारी चाँहि बहन गर्न सक्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा क्लबका क्लब एड्मिनिस्टे्रसन समितिका संयोजक राजु महर्जन, मेम्बेरसिप समितिका सदस्य दुर्गाबहादुर लुइटेल, पब्लिक रिलेसन समितिका सदस्य सुजन प्रधान, सर्भिस प्रोजेक्ट समितिका संयोजक दिपेन्द्रराज पाण्डे र द रोटरी फाउन्डेसन समितिका सदस्य डा. आनन्दराज खनालले क्लबको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

सोहि अवसरमा क्लबका पदाधिकारी तथा सदस्यहरु गीता आचार्य, दिपेन्द्रराज पाण्डे, दुर्गाबहादुर लुइँटेल, मुना प्रधान, लक्ष्मीदेवी खनिया, बिबेक श्रेष्ठ,भगिरथ राई, रविचन्द्र नेपाललाई पौल हेरिस फेल्लो तथा राधिका गुरुङ र रुद्र मैनालीलाई मल्टिपल पौल हेरिस फेल्लोले सम्मानित गरिएको थियो ।

कार्यक्रममा एसिस्टन्ट गर्भनर आमोद आचार्य र डिस्ट्रिट सचिव प्रभात योन्जन, मेचीनगर नगरपालिकाका प्रमुख रोटरियन विमल आचार्य, मेचीनगर वडा नम्बर ४ का अध्यक्ष एवम् रोटरियन नबिन बराल, रोटरी क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष टिकाराज ढकाल, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शुशिलकुमार श्रेष्ठ, रोटरी क्लब अफ विर्तामोडका अध्यक्ष नविन घटानी तथा रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री लगायत अतिथिज्यूहरुको विशेष उपस्थिति रहेको थियो ।

क्लबका पूर्व अध्यक्ष गोपाल तामाङ्गले धन्यवाद ज्ञापन गरेको कार्यक्रको अध्यक्षता क्लबका अध्यक्ष रोहितकुमार बुडाथोकीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव उदयकुमार श्रेष्ठले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.