ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

A notice in Nepali from Mechinagar Ward No. 10

२५ भदौ, बिराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताए । उनले भनेका छन्, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’

सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको ओलीले बताए । यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उनले आग्रह गरे ।

तर अब विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेर सत्तारुढ माओवादीका अध्यक्षले भनेका छन् नि भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रचण्डको आदेशमा राष्टपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन् ।’(अनलाइनखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.