मधेश प्रदेशमा सूर्याेदय टेलिभिजनको प्रादेशकि कार्यालय उद्घाटन : सुविधा सम्पन्न स्टुडियो भएकाले गुणस्तरीय कार्यक्रम उत्पादन गर्न सकिने व्यवस्थापनपक्षको भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

२६ चैत, सर्लाही : सुर्याेदय टि भि एण्ड मिडिया प्रालि झापाद्वारा सञ्चालित सुर्योदय टेलिभिजनले शुक्रबारबाट मधेश प्रदेशको सर्लाही जिल्ला अन्तर्गत हरिवन— ११ मा आफ्नो मधेश प्रदेश प्रादेशिक कार्यालय उद्घाटन गरेको छ । ‘मेरो टेलिभिजन, हाम्रो टेलिभजिन सूर्याेदय टेलिभिजन’ भन्ने मुल श्लोग्नसहित ६ वर्षदेखिले समाचार सूचना तथा मनोरञ्जनात्मक बिभिन्न कार्यक्रमहरु नियमित रुपमा प्रशारण गर्दै आएको छ ।

प्रालिका अध्यक्ष मनोज उप्रेतीको सभापतित्वमा भएको प्रादेशिक कार्यालयको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईँले प्रमुख अतिथिको आसनबाट उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दैं नगरप्रमुख प्रसाईले हरिवानवासीले हरिवनमा सञ्चारमाध्यमको अभाव महशुस गरिरहेका बखत पहिलो पटक सुर्याेदय टि भि एण्ड मिडिया प्रालिले आफ्नो नगरबाट सुर्योदय टेलिभिजनको प्रादेशकि कार्यालय उद्घाटन गरेर टेलिभिजन भित्रियाएको भन्दैं प्रशंसा गर्नुभयो ।

उहाँले टेलिभिजनलाई स्थानीय सरकारले जस्तो सुकै सहयोग पनि गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको टेलिभिजनले राज्य संघीयतामा प्रवेश गरेसँगै हरेक प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालन गर्ने भने पनि टेलिभिजनले सुविधा सम्पन्न स्टुडियोसहित कार्यालय सञ्चालन गर्ने भएकाले ढिलै भएपनि पहिलो पटक मधेश प्रदेशमा सुविधा सम्पन्न स्टुडियोसहित प्रादेशकि कार्यालय उद्घाटन गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । उहाँले टेलिभिजनले स्वयम भवन खरीद गरेर कार्यालय सञ्चालनमा ल्याएको अध्यक्ष उप्रेतीको भनाई छ । मधेश प्रदेश व्यूरोका लागि स्थानीय सञ्चारकर्मीहरुमध्येबाट एकजनालाई जिम्मेवारी प्रदान गर्ने र त्यसका लागि प्रक्रिया शुरु गरिएको प्रालिका प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले बताउनुभयो ।

नेकपा एमाले मधेश प्रदेश कमिटिका उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण शाह, वडाध्यक्ष शम्भु मैनालीलगायतले आ—आफ्नोक्षेत्रबाट टेलिभिजनलाई सहयोग गर्ने र टेलिभिजनले पनि सर्लाहीका हरेक कुरालाई टेलिभिजनमार्फत विश्वभर पुर्याईदिन आग्रह गर्नुभयो । कार्यालय उद्घटानका अवसरमा मधेश प्रदेश प्रादेशिक स्टुडियोबाट हरिवन नगरपालिकाका प्रमुख प्रसाई र एमाले प्रदेश उपाध्यक्ष पन्तसँगको बहस उत्पादन गरिएको टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

प्रादेशिक कार्यालय स्थापनासँगै आधुनिक स्टुडियो समेत निर्माण गरिएकाले यस क्षेत्रका बिभिन्न विषयलाई समेटेर सर्लाहीकै स्टुडियोबाट कार्यक्रम समेत उत्पादन गरीने वरिष्ठ कार्यक्रम अधिकृत केशवराज भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.