सीप सिकेर आत्मनिर्भर बन्दैं मेचीनगरका महिला : लाखौँ रुपैयाँका प्राविधिक सामाग्री हस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

१२,साउन मेचीनगर : झापा मेचीनगर– ११ की देवका भण्डारी कपडाको व्याग बनाउने (सिलाइ–कटाइ)तालिम लिएपछि अब व्यवसायिक बन्ने योजनामा हुनुहुन्छ । गाउँमा बसेर सीप नसिक्दा बेरोजगार बन्नुपरेको पीडा उहाँ सँग अब अन्त्य हुने अवस्थामा छ । हातमा सीप भएपछि उहाँ अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजनामा रहेको बताउनुहुन्छ ।

उहाँ जस्तै मेचीनगर –१५ की रश्मि श्रेष्ठ सीप सिकेपछि आत्मनिर्भर बन्ने बाटोमा लाग्ने योजना रहेको बताउनुहुन्छ । धेरै सीप सिक्न बाँकी रहेको भए पनि अहिले धेरैजना विभिन्न तालिम लिए पश्चात आत्मनिर्भर बन्ने बाटोमा लागेको उहाँको भनाई छ । झापाको मेचीनगर नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न समयमा उद्यमशिलता विकास तालिम (व्यवसाय सचेतना शुरु लैङ्गिक समानता तथा सामाजिक समावेशकिरण तालिम) प्रदान गरेपछि देवका र रश्मीमात्र होईन नगरका १५ वटै वडाका निक्कै महिला पछिल्लो समय व्यावसायिक बन्ने योजनामा छन् ।

मेचीनगरको वडानम्बर ३,५,७,८,११, १४ र १५ का कपडा झोला बनाउने आधारभूत र एडभान्स तालिम लिएका धेरै महिलाहरु व्यावसायिक बन्ने बाटोमा छन् । महिलाहरूलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन मेचीनगर नगरपालिकाले प्रत्येक वडा वडाहरुमा सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । केही समयअघि सम्म कमाइ नहुँदा घरपरिवारको गुजारा चलाउन निकै गाहौँ हुन्थ्यो । आर्थिक उपार्जनका लागि उनीहरुले सीपमूलक तालिम लिएपछि अहिले उनीहरुलाई परिवार चलाउन सहज भएको प्रतिक्रिया दिएका छन् ।

दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका झापा मेचीनगरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । कपडाको व्याग बनाउने सिलाइकटाइ, मौरी पालन तथा कृषिलगायतका विभिन्न सीपले मेचीनगरका महिला तथा पुरुषलाई आत्मनिर्भर बनाएको नगरप्रमुख बुढाथोकीको भनाई छ । झापा मेचीनगर— १ का मञ्जिल देवान फणिराज आचार्य ले मेचीनगर नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न समयमा उद्यमशिलता विकास तालिम (व्यवसाय सचेतना शुरु लैङ्गिक समानता तथा सामाजिक समावेशकिरण तालिम) अन्तर्गत एकहप्ते मौरीपालन तालिम लिएपछि आफुलाई निक्कै राहत मिलेको अनुभव सुनाउँनुभयो । उता कृषि तालिम लिएका मेचीनगर —८ का लक्ष्मी फूयाँल तालिम निक्कै फलदायी भएको प्रतिक्रिया दिनुहुन्छ ।

उहाँहरूलाई सीपसँगै सिलाइ–कटाइ मेसिनसहित अन्य (प्रविधिक) समाग्री उपलब्ध गराएर व्यवसायिक बन्न प्रेरणा प्रदान गरेको नगर उपप्रमुख मीना पोखरेल उप्रेती बताउँनुहुन्छ । यसले उहाँहरुको व्यवसाय सहज हुने उपप्रमुख उप्रेतीको विश्वास छ । शुक्रबार मेचीनगर नगरपालिका परिसरमा आयोजित प्रमाण पत्र तथा (प्रविधि) समाग्री हस्तान्तरण कार्यक्रममा लागत सहभागितासहित ६ लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको प्रविधि हस्तान्तरण गरियो । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य तीलजा देवान आर्थिक शाखा प्रमुख दीपेन्द्र कार्कीलगायतले ३४ वटा सिलाई मेसीन, एउटा ‘कम्माइन राइस मिल’ १५ वटा मौरी कीट हस्तान्तरण गर्नुभएको थियो ।

सीप सिकेपछि आत्मनिर्भर बन्ने बाटोमा लागेका अधिकाँश महिलाहरु मेसिन प्राप्त गरेपछि गाउँमै बसेर काम गर्न सकिने बताउँछन् । नगरपालिकाले बेरोजगार हरूलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत सीपमूलक तालिम दिइएको नगरप्रमुख बुढाथोककिो भनाई छ । ‘नगरपालिकाले तालिम मात्रै दिँदैन व्यावसायिक बनाउने योजनासहित काम गरिरहेको छ,’ उहाँले भन्नुभयो—‘ त्यसैका लागि नगरपालिकाले सीपसँगै लाखौँ रुपैयाँ मुल्य बराबरका सिलाइ–कटाइ मेसिनसहित अन्य (प्रविधि) समाग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले यो सवै उहाँहरुकै माग निवेदनका आधारमा उपलब्ध गराएको हो । अब मेसिन प्राप्त भएपछि गाउँमै बसेर काम गर्न सकिने भण्डारीको भनाई छ ।

‘हामीले जतिलाई सीप सिकायौँ अहिले सबै जनाले आत्मनिर्भर बन्ने बाटोमा लाग्न खोज्नु भएको छ” तालिमकी प्रशिक्षकसमेत रहनु भएकी उद्यम विकास सहजकर्ता गंगा सोरेन मुर्मु भन्नुहुन्छ—‘तालिम लिएपछि अहिले राम्रो काम गर्न सक्ने हुनु भएको छ ।’उहाँ भन्नुहुन्छ–‘सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्दै जानु भएको छ ।’

दाम पनि हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि मेचीनगरका अधिकाँश महिलाहरुले विभिन्न पेशा अंगाल्नु भएको छ । यस्ता व्यवसायले महिलालाई काम पनि पुग्ने र आयआर्जन पनि बढाउने भएकाले यस्तै व्यवसायबाट मासिक रुपमा आम्दानी हुने गरेको उद्यम विकास सहजकर्ता आश्विनीकुमार भट्टराई बताउँनुहुन्छ । यस्ता व्यवसायबाट दाम मात्र नभई फुर्सदको समय सदुपयोग भएको उहाँ बताउनुहुन्छ । हातमा सीप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने उहाँको भनाइ छ । हातमा सीप भयो भने आत्मनिर्भर बन्न सकिने कार्यक्रमका फोकल पर्सन दिपेन्द्र कार्कीको भनाई छ । कपडाको ब्याग बनाउँनेदेखि कृषि र मौरी पालनको तालिम लिएर शुरु गरेको व्यवसायले धेरैलाई आत्मनिर्भर बनाएको कार्कीको दाबी छ ।

‘तालिमले आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाएको छ’, प्रशिक्षार्थी रञ्जु प्रसाई भन्नुहुन्छ —‘सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लागेकी छु ।’ यो सीपले आफ्नो जीवनस्तरमा सुधार ल्याउँने कुरामा विश्वस्त रहेको उहाँको भनाइ छ । ‘ महिनौदिनसम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ’, प्रसाईले भन्नुभयो—‘अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छु ।’ यो सीपले आफु जस्ता धेरै महिलाको जीवनस्तरमा सुधार ल्याएको उहाँको भनाई छ । यस्ता तालिमले थुप्रै मलिहाहरलाई व्यावसायिक बन्न प्रेरित गरेको उहाँको भनाई छ ।

सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने बताउँदैं नगरप्रमुख बुढाथोकी भन्नुहुन्छ ‘सीप सिकेर मात्र हुँदैन उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ बजारको व्यवस्थापन स्थानीय सरकारले गर्छ ।’

मेचीनगर नगरपालिकाभित्रका बेरोजगार महिलाहरुलाई कुनै न कुनै सीप सिकेर स्वरोजगार बन्न उहाँले आग्रह गर्नुभएको छ । गरिब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यसप्रकारका तालिम महत्वपूर्ण हुने भएकाले स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चेर महिला सीप विकास केन्द्र निर्माण गरी सञ्चालनको अन्तिम तयारीमा रहेको उपप्रमुख उप्रेतीको भनाई छ ।

कुनै बेला श्रीमानसँग हात थापेर गुजारा गर्ने मेचीनगरका महिलाहरूलाई आर्थिक रूपमा आफैं सवल बनाउन स्थानीय सरकार लागि परेको बताउँदैँ उहाँले अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्ने, मानिसहरु पनि समाजमा आर्थिक रूपमा सक्षम बन्दै जाने, आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुसी हुने बताउँनुभयो ।

पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पदानका कामले अरू पनि प्रभावित भएको उहाको भनाई छ । उहाँले सीपलाई व्यावसायिकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.