१ हजार ४२३ जना संक्रमण मुक्त : ९११ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

२७ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९९१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण देखिएको छ भन ३ हजार १४० जनाको एन्टिजेन परीक्षण गर्दा ९११ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा ९११ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ७७ हजार १६३ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ३९ हजार ४५७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.