३० देखि ४४ वर्षका २५ प्रतिशत नेपालीमा उच्च रक्तचापसम्बन्धी समस्या

A notice in Nepali from Mechinagar Ward No. 10

४ जेठ, काठमाडौँ : खानपान बदलिँदो जीवनशैलीका कारण कम उमेरमा नै रक्तचापसम्बन्धी समस्या देखिनेहरू बढेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि ६९ वर्षका २४.५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको छ। यस्तै १५ देखि २९ वर्षका १३ प्रतिशत, ३० देखि ४४ वर्ष उमेर समूहका २५.६ प्रतिशत र ४५ देखि ६९ वर्ष उमेर समूहका ४२ प्रतिशत नेपाली उच्च रक्तचापको समस्यासँग जुधिरहेका छन्।

बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढेको बताइन्छ।

सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको थियो। सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन्। नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ। शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ।

यो रोगका कारण धेरै जनाको हृदयाघात र मस्तिष्काघात भएर आकस्मिक मृत्यु भइराखेको छ। यो रोगको समयमै उपचार गरे हृदयाघात र मस्तिष्काघात भई हुने आकस्मिक मृत्युबाट धेरैलाई बचाउन सकिन्छ। कसैमा त यसको कारण नै भेटिँदैन। तथ्यांकमा हेर्दा ८० देखि ९० प्रतिशतमा यसको कुनै पनि कारण भेटिँदैन।

नेपाल मात्रै होइन विश्वभर र डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रमा हृदयाघात रोगबाट हुने मृत्युको एक मात्र प्रमुख कारण उच्च रक्तचाप हो। यस क्षेत्रका करिब आधा उच्च रक्तचाप भएका व्यक्तिहरू आफ्नो अवस्थाबारे अनभिज्ञ भएको बताइन्छ। यो समस्या पत्ता लगाउन र नियन्त्रण गर्न उच्च रक्तचाप सेवा बढाउनुपर्ने आवश्यकता छ।

तथ्यांकअनुसार ८० देखि ९० प्रतिशतमा यसको कुनै पनि कारण भेटिँदैन। तर यो रोगका कारण धेरै जनाको हृदयाघात र मस्तिष्काघात भएर आकस्मिक मृत्यु भइरहेको छ। यो रोगको समयमै उपचार गरे हृदयाघात र मस्तिष्कघात भई हुने आकस्मिक मृत्युबाट धेरैलाई बचाउन सकिन्छ।

डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहका अनुसार उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। किनभने धेरै मानिसलाई उनीहरूको समस्याको बारेमा थाहा हुँदैन जसको उपचार नगर्दा अपांगता हुने, जीवनको गुणस्तर कमजोर हुने वा घातक हृदयाघात वा ‘स्ट्रोक’सम्म पनि हुन सक्छ। उच्च रक्तचाप छ या छैन भनेर जान्नको एक मात्र तरिका रक्तचाप नियमित रूपमा जाँच गराउनु हो।

‘हाइपरटेन्सनलाई प्रायः ‘साइलेन्ट किलर’ भनिन्छ किनभने धेरै मानिस आफ्नो समस्याबारे अनभिज्ञ छन् जसको उपचार नगर्दा अपांगता, खराब जीवनस्तर वा घातक हृदयाघात वा स्ट्रोकसमेत हुन सक्छ। जान्ने एक मात्र तरिका रक्तचाप नियमित रूपमा जाँच गराउनु हो’, डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया निकालेको विज्ञप्तीमा निर्देशक सिंह भन्छिन्।

डब्लूएचओका अनुसार दक्षिण-पूर्वी एसिया क्षेत्रमा एक चौथाइ वयस्क जनसंख्या उच्च रक्तचापबाट ग्रस्त भए पनि तीनमध्ये एक जना मात्र उपचारमा छन भने दशमध्ये एक जनामा ​​मात्रै यो उच्च रक्तचाप नियन्त्रणमा छ।

यस्तै विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन्। यसका कारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।

यस क्षेत्रका सबै देशहरूले प्रतिदिन प्रतिव्यक्ति ५ ग्राम भन्दा कम नुन सेवन डब्लूएचओले सिफारिस गरेको छ। तीन देशहरूले उपभोक्ता सचेतनाको लागि फ्रन्ट-अफ-द-प्याक लेबलिङ लागू गर्दैछन्। खाद्यान्नमा ट्रान्स फ्याटलाई सीमित गर्ने कानुनद्वारा औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटको नकारात्मक प्रभावबाट करिब १.६ अर्ब मानिस सुरक्षित छन्। जसले सुर्तीजन्य पदार्थ नियन्त्रण, नुनको कम प्रयोग, र उच्च रक्तचाप र मधुमेह कभरेज र नियन्त्रण गर्न काम गर्छ।

उच्च रक्तचापले मुटु, मस्तिष्क र मृगौला रोगहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ, र विश्वभर मृत्यु र रोगको शीर्ष कारणहरू मध्ये एक हो। यसलाई घरमा वा स्वास्थ्य केन्द्रमा रक्तचाप नाप्ने माध्यमबाट सजिलै पत्ता लगाउन सकिन्छ, र प्रायः कम लागतमा औषधिद्वारा प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उच्च रक्तचापसम्बन्धी समस्या देखिनुको प्रमुख कारण अस्वस्थकर खानपान र त्यसबाट हुने मोटोपन, निष्क्रिय जीवनशैली, धूमपान तथा अधिक मदिरा सेवन प्रमुख हुन्।

यी हुन उच्च रक्तचापका प्रमुख लक्षण

टाउको दुख्ने, रिंगटा लाग्ने।

थकान महसुस हुने।

एक्कासि नाकबाट रगत बग्ने।

वाकवाकी लाग्ने।

मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने।

यसरी बच्न सकिन्छ उच्च रक्तचापबाट

धूम्रपान र मदिरा सेवन नगर्ने।

हरिया सागसब्जी र फलफूल प्रशस्त खाने।

खानामा नुनको प्रयोग कम गर्ने।

रातो र धेरै बोसोयुक्त मासु कम खाने।

थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.