राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

A notice in Nepali from Mechinagar Ward No. 10

११ असोज, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार साझ उक्त अध्यादेश खारेज गरेकी हुन्।

संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने अवस्थामा सरकार पुगेको छ।

सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए।

सत्ता गठबन्धनको एक दल जसपाले अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जनाउदै आएको छ। यादवलाई अध्यादेश खारेज नभए आफ्नो दल विभाजन हुने चिन्ता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.