एमाले उपाध्यक्ष भिम रावलद्वारा सांसद पदबाट राजिनामाकाे घाेषणा

A notice in Nepali from Mechinagar Ward No. 10

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।

२०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले सेतोपाटीसँग भने, ‘म राजीनामा दिन्छु।’

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।

आइतबार बिहान उनि सहित नेकपा एमाले कार्यदलका सदस्यहरु माधव नेपाललाई भेटेर संस्थागत निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए। तर नेता नेपालले रावल संयोजकत्वको कार्यदलको १० बुदेँ सहमति अस्वीकार गरिदिएका थिए।

नेता नेपालको खेमामा रहेका रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए। रावललाई अध्यक्ष ओलीले माधव नेपालसँगै पार्टीबाट कारवाही गर्ने र कारवाही फिर्ता लिने कार्य समेत गरेका थिए।

रावलले राजीनामा गर्दै आफूले राजनीतिको दुषित खेलबाट अलग गरेको बताएका छन्। ‘उच्च राजनीतिक नेतृत्वमा अनैतिक र स्वेच्छाचारी व्यवहार देखियो’, रावलले संसद भवन पुगेर भने, ‘यस्तो राजनीतिको मतियार हुनु भन्दा दुषित खेलबाट अलग गर्ने निर्णय गरेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.