प्रहरीद्वारा मकवानपुरमा १३ बिगाहा अफिम खेती नष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ।

यसक्रममा बिहीबार प्रहरीले सात बिगाहा जग्गामा लगाइएको गाँजा, १३ बिगाहा अफिम खेती फडानी गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका वडा नम्बर ८ को साइचार, पाख्रेलगायन स्थानमा १३ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरिएको छ।

यसक्रममा चार क्वीन्टल गाँजा पनि प्रहरीले फेला पारेको छ।

यस्तै, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका १६ को बगेरी र गोक्तेलगायत स्थानमा सात बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ।

मकवानपुर गाँजा र अफिम खेती अत्यधिक हुने जिल्लामा पर्छ। यही गाँजाबाट चरेस बन्छ। र, अफिम प्रशोधन गरी ब्राउनसुगर निर्माण गरिन्छ।
प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार जिल्लाभर गाँजा र अफिम खेती पहिचान गरी नष्ट गर्ने अभियान सुरू गरिएको छ। ‘गाँजा, चरेस र अफिमको खेती, बिक्री वितरण तीव्र रहेको अवस्थालाई मध्यनजर गरी हाम्रो प्राथमिकता नष्ट गर्नेतर्फ छ,’ राठौरले भने।

यसअघि माघ ८ गते प्रहरीले कैलाश गाउँपालिका-३ र ८ को कठ्ठलिटार, फास्टार, कुनिले लगायत स्थानमा २० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.