पत्रकार आचार्यलाई धम्क्याएको प्रति पत्रकार महासंघ सुनसरी र केन्द्रको गम्भीर ध्यानाकर्षण

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । धरानमा बसेर पत्रकारिता गर्दै आका पत्रकार रत्न आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी लगाइएको लाञ्छनाप्रति पत्रकार महासङ्घ सुनसरीले खेद व्यक्त गरेको छ।

पत्रकारलाई कारबाहीको धम्की दिनु र सामाजिक बहिस्कार गर्नेसम्मको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले खेद व्यक्त गरेको हो ।

महासंघका सचिव धुव्र ढकालद्वारा जारी विज्ञप्तिमा समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति रहेपनि त्यसलाई बेवास्ता गर्दै पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गर्नु निन्दनीय रहेको उल्लेख छ ।

आचार्यले सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता शीर्षकमा अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए । सो समाचारमा नेपाली काँग्रेस सुनसरीका एक नेतालाई जलाधार क्षेत्रलाई निजीकरण गर्न मिलेमतो गरेको आरोप छ ।

सोही समाचारको विषयलाई लिएर आचार्यलाई नेपाली काङ्ग्रेसका विभिन्न भातृ सङ्गठन र धरान फुटबल क्लबले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारिताको धज्जी उडाउने काम भएको भन्दै अपमानजनक शब्द प्रयोग गरेका थिए ।

त्यसका साथै धम्की दिनेहरूलाई कानुनी दायरमा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराइएको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा व्यवहारिक रूपमा प्रतिबद्ध बन्न र नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न सम्बन्धित सबैमा महासङ्घले अपिल गरेको छ ।

महासंघका साथै प्रेस चौतारी सुनसरीले समेत विज्ञप्ती निकाल्दै धम्कीको विरोध गरेको छ । अध्यक्ष शेखर ढकालको हस्ताक्षर रहेको विज्ञप्तीमा दोषीमाथि कारवाहीको माग गरिएको छ ।
यो पनि

त्यसैगरि अन्नपूर्ण पोस्ट्का सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई समाचारको विषयलाई लिएर धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रोशन पुरीले समाचारको विषयलाई लिएर पत्रकार आचार्यलाई विभिन्न संगठनले धम्की दिएकोप्रति ध्यानाकर्षण भएको बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.