१४ मंसिर २०८३ ☀️ २७°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

साफा अवार्डबाट सम्मानित हुने पहिलो नेपाली जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा उत्कृष्ट कार्य गर्दै कम्पनीले दक्षिण एसियाली स्तरमा यो अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको हो।

सेयर:

वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा उत्कृष्ट कार्य गर्दै कम्पनीले दक्षिण एसियाली स्तरमा यो अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको हो।

📌 मुख्य बुँदाहरू:

  • नेपाल लाइफ इन्स्योरेन्स 'साफा अवार्ड' प्राप्त गर्ने नेपालकै पहिलो जीवन बीमा कम्पनी बनेको छ।
  • कम्पनीले बंगलादेशको ढाकामा आयोजित समारोहमा 'सर्टिफिकेट अफ मेरिट' प्राप्त गरेको हो।
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को सिफारिस र वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा यो सम्मान प्रदान गरिएको हो।

वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ। यस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने नेपाल लाइफ नेपालकै पहिलो जीवन बीमा कम्पनी बनेको छ।

साफाद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५’ अन्तर्गत जीवन बीमा विधामा नेपाल लाइफले उक्त सम्मान प्राप्त गरेको हो। बंगलादेशको ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा आयोजित पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले सो अवार्ड ग्रहण गरेका थिए।

आइक्यानको सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड

कम्पनीले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बिपिए) रिपोर्ट अवार्ड २०२५ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो। हाल सोही आइक्यानको सिफारिस र वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा कम्पनीले यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको हो। साफाले दक्षिण एसियाली मुलुकका विभिन्न संस्थाको वार्षिक प्रतिवेदनमा वित्तीय सूचनाको गुणस्तर, विश्वसनीयता, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन र अन्तर्राष्ट्रिय मापदण्डको पालनालगायत पक्षको गहिरो मूल्यांकन गरी उत्कृष्ट संस्थाहरूलाई सम्मानित गर्दै आएको छ।

समग्र जीवन बीमा क्षेत्रकै गौरवको विषय

अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान नेपाल लाइफको मात्र नभई समग्र नेपाली जीवन बीमा क्षेत्रकै निम्ति गौरवको विषय भएको बताएका छन्। उनले पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रतिको निरन्तर प्रतिबद्धताको प्रतिफलका रूपमा यस उपलब्धिलाई लिएको उल्लेख गर्दै यसले कम्पनीलाई थप जिम्मेवार र उत्कृष्ट बन्न प्रेरित गरेको धारणा व्यक्त गरेका छन्।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।