१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने प्रचण्डको प्रस्ताव

सेयर:

१ कार्तिक, काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनैपनि हालतमा सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म नै निरन्तरता दिन प्रस्ताव राखेका थिए ।

सोमबारको बैठकमा सत्ता गठनबन्धनको सम्बन्ध, राष्ट्रिय सम्मेलनलगायत समसामयिक विषयमा छलफल भएको स्थायी कमिटी सदस्य गिरीराजमणि पोखरेलले जानकारी दिए । उनले भने, ‘बैठक भोलि बिहान पुनः बस्नेछ । मुख्यतः पार्टीको राष्ट्रिय सम्मेलनको विषयमा छलफल भयो । ’

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।