काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ” राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको” टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहित तुल्याएको उहाँले बताउनु भयो ।
उहाँले, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ,’अब यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो , ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’
त्यसैगरी शिक्षा क्षेत्रमा अतिव्यापारीकरण र दलीय प्रभाव बढेको , शिक्षाको गुणस्तर सुधार्न राजनीतिक सोच र प्रतिबद्धताको अभाव र गरिबी, पिछडिएका वर्ग, समुदाय, महिला, तेस्रो लिंगीलाई शिक्षाको अवसर प्रदान गर्न राज्य चुक्न नहुने पनि डा. यादवको जोड थियो ।