इटहरी,मङ्सिर १४ । जङ्गली हात्तीको आक्रमणबाट इटहरी शान्तीनगरका एक युवकको मृत्यु भएकाे छ ।
मृत्यु भएका युवक इटहरी उपमहानगरपालिका २ ,शान्तिनगरस्थित बुढासुब्बा चोक नजिकै घर भएका रविन खड्का हुन् ।खड्काको बुधबार राति करिब साढे ९ बजेतिर हात्ती धपाउने क्रममा जंगली हात्तीले आक्रमणबाट मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
स्थानीय ध्रुव अधिकारीले केहीदिनदेखि रातको समय ठूलो सङ्ख्यामा हात्ती आएको भिडियो फेसबुकमार्फत् पोस्ट गर्दै प्रशासनलाई समेत सचेत गरेको बताए।दैनिक ठुलाे संख्यामा हात्ती आउने गरेको र हात्ती धपाउन हरेक वर्ष रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

























