१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

शनिश्चरे एफसीले ५-२ गोल अन्तरले हरायो ज्ञानेचोक एफसी पृथ्वीनगरलाई

सेयर:

प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को सेमिफाइनल खेलको समीकरण पूरा

घेराबारी , पुस २४ । झापा कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को बिहिबार सम्पन्न खेलमा शनिश्चरे फूटबल क्लबले ज्ञानेचोक फूटबल क्लब पृथ्वीनगरलाई ५-२ गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । यो खेल सँगै सेमिफाइनल खेलको समीकरण पूरा भएको छ ।

घेराबारीको पूर्व देउराली खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे फूटबल क्लबका तर्फबाट जर्सी नम्बर ९ का सरोज कार्कीले खेलको २५ औँ पहिलो मिनेटमा गोल र ४२ औँ मिनेटमा थप एक गोल गरे । त्यसैगरी शनिश्चरे एफसी , शनिश्चरेको तर्फबाट खेलको ४४ र ५७ औँ मिनेटमा जर्सी नम्बर १५ का पुष्प मादेन र जर्सी नम्बर १७ का सुबास लिम्बूले ५३ औँ मिनेटमा १ गोल गोल गर्दै टिमलाई विजयी बनाए । ज्ञानेचोक फूटबल क्लब पृथ्वीनगरको तर्फबाट भने खेलको खेलको ४७ औँ मिनेटमा जर्सी नम्बर १२ का बिनोद बस्नेतले मात्र एक गोल गरे । खेलको ६९ औँ मिनेटमा शनिश्चरे एफसीका खेलाडी पूजन श्रेष्ठले आत्मघाती गोल गरे । निकै कडा प्रतिष्पर्धात्मक खेलमा शनिश्चरेका गोल किपर संजय गुरुङ्गले डी-बक्सभित्र विपक्षी खेलाडीलाई फल खेले वापत म्याच रेफ्री सन्तोष चौधरीले रेडकार्ड दिदै मैदान बाहिर पठाए ।

खेलको ‘ म्यान अफ द म्याच’ शनिश्चरे एफसीका सरोज कार्की घोषित भए । आज शुक्रबारको पहिलो सेमी फाइनल खेल घेराबारी एफसी र जलथल एफसी बीच हुदैछ ।
श्री घेराबारी युवा परिवारको आयोजनामा पुस २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उप विजेताले ३० हजार पाउनेछ

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।