१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

प्रधानमन्त्री कपमा सुनील धमलाको शतक

सेयर:

८ माघ, काठमाडौं । नेपाल पुलिस क्लबका सुनील धमलाले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा धमलाले १०४ रन बनाएका हुन् । धमलाले राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गरेको यो पहिलो पटक हो ।

ओपनिङमा आएका धमलाले शतक पूरा गर्न ४४ ओभरसम्म कुर्नुपरेको थियो । उनले १४२ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा शतक पूरा गरेका थिए । ४३ औं ओभरको चौथो बलमा लुम्बिनीका कप्तान कृष्ण कार्कीलाई १ रन प्रहार गर्दै उनले शतक पूरा गरेका थिए ।

त्यसपछि अर्को ओभरमा धमला आउट भए । लुम्बिनीका अनिल खरेलले विकेटकिपर सुशान्त थापाबाट धमलालाई स्टम्पिङ गराएका थिए ।

पहिलो सिजनदेखि नै पुलिसबाट प्रधानमन्त्री कप खेल्दै आएका धमलाले चौथो संस्करणमा आएर शतक पूरा गरेका हुन् । उनलाई ढिला खेल्ने खेलाडीको रुपमा चिनिन्छ । तर टिमको इनिङ्स एक छेउबाट सम्हाल्दै ब्याटिङ गर्नु उनको विशेषता हो ।

धमलाको शतक दीपेन्द्र सिंह ऐरीको ८५ रन, अनि पवन सर्रासफ १३ बलमै अर्धशतक मद्दतमा पुलिसले लुम्बिनीलाई ३११ रनको लक्ष्य दिएको छ ।

धमलाले अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।