१३ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

५ औँ रिफ्युजी च्यालेन्ज कप : झापाको दुधेलाई टाइब्रेकरमा हराउँदै मोरङको शिरिजंगा फाइनलमा

सेयर:

पथरी, माघ १३ । ५ औँ रिफ्युजी च्यालेन्ज कपमा दुधे फुट्बल क्लव झापालाई हराउँदै योङ ब्रदर शिरिजंगाले फाइनल यात्रा तय गरेको छ ।

आजको सेमिफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत खेलको निर्णय लिइएको हो । खेलको ४ मिनेटमा यो शिरिजंगाका राजकुमार कन्दङ्वाको पासमा सनम भुजेलले उत्कृष्ट गोल गरेका थिए । पूनः सनम धिमालको पासमा भुजेलले नै गरेको उत्कृष्ट प्रहार पोलमा ठोकिएर रिबाउण्ड भयो ।

यता दुधे फुटबल क्लवका मनिस लिम्बूको फ्रिकिकको सदुपयोग गर्दै खेलको १० औँ मिनेटमा विशाल दर्जीले हेड मार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । यसअघि खेलको पहिलो मिनेटमा नै मनिस लिम्बूले गरेको उत्कृष्ट प्रहारलाई शिरिजंगाका गोल रक्षक बिशाल दर्लामी मगरले बिफल बनाइदिएका थिए ।

निर्धारित समयमा खेल १–१ को बरबरीमा पुगेपछि टाइब्रेकर मार्फत शिरिजंगाले जित आफ्नो पोल्टामा पा¥यो । टाइब्रेकरमा शिरिजंगाका दिपेश धिमाल, सनम भूजेल, राजकुमार कन्दङ्वा र दिनेश गिरीले गोल गरे ।

दुधेका तर्फबाट रोजिन माझी, शुसिल मगर र प्रितम लिम्बूले गोल गरे भने संजिब बुढाथोकी र निकेश श्रेष्ठ गोल गर्नबाट चुक्दा नतिजा सुम्पन बाध्य भए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।