१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

पीएसएल २०२१ मा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन्

सेयर:

काँकरभिट्टा ,२७ पुस । लेगस्पीनर सन्दीप लामिछानेसहित नेपालबाट १० खेलाडी पीएसएलको ड्राफ्टमा समावेश भए पनि पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ मा कुनै पनि खेलाडी रोजाइमा परेनन् ।

सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमम थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन् ।

सन्दीप समावेश प्लाटिनम क्याटेगोरीबाट क्रिस गेल, रासिद खान, क्रिस लिन, डेविड मिल्लर टम ब्यान्टम जस्ता खेलाडी पीएसएलमा छनोट भएका छन् ।

ड्राफ्टमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र अलराउण्डर पारस खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर क्याटेगोरीमा समावेश थिए ।

ड्राफ्टपछि हरेक टिमले कम्तीमा १६ र बढीमा १८ खेलाडी राखेका छन् । त्यसअघि हरेक टिमले अघिल्लो सिजनबाट ८ खेलाडी रिटेन गर्न पाउने प्रावधान थियो । जसमा पेशावर जाल्मीले ५ खेलाडी मात्र रिटेन गरेको थियो भने अन्य ५ टोलीले समान ८ खेलाडी रिटेन गरिसकेका थिए ।

पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।