अर्जेन्टिनाको जीतको खुशियाली मनाइरहेका एक समर्थकको अनौठो मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि खुशियाली मनाउने क्रममा एक समर्थकको अनौठो किसिमले मृत्यु भएको छ ।

उनले आफ्नो घाँटीमा देशको झण्डा बाँधेर मोटरसाइकल चलाइरहेको बेलामा झण्डा बाइकको चक्कामा फसेपछि घाँटी कसिएर मृत्यु भएको हो ।

सेबास्टियन अस्कर मासिएल नामक ती २२ वर्षीय युवक घटनास्थलमै बितेका थिए ।

राजधानी ब्युनस आयर्स नजिक रहेको बाहिया ब्लान्का शहरमा आइतवार खुशियाली मनाउने क्रममा उनी बाइकबाट भुइँमा लडेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । आरम्भिक अनुमान अनुसार उनी सास रोकिएर मरेका हुन् ।

विश्वकप फाइनलमा फ्रान्सलाई हराएपछि अर्जेन्टिनाका समर्थकहरूले दिनरात विभिन्न शहरमा खुशियाली मनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.