विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कष्ट ब्याटिङ गर्दै २९१ रनको लक्ष्य दिएको थियो।

तर हरारेको घरेलु मैदानमा नेपाली बलर जिम्बाव्वेका ब्याटरअघि निरिह देखिएपछि हार व्यहोरेको हो।

२९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो। उसका लागि क्रेग एर्विन र सेन विलियम्स दुवैले शतकीय पारी खेले। वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए।

नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले। कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए। शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए।

कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए। उनी विलिङ्टन मासाकाट्जाको बलमा बोल्ड आउट भएका थिए।

पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए। यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो।

अर्का ओपनर शेख मासाकाट्जाको नै बलमा रायन बर्लबाट क्याच आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे। कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए।

तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए। गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए। नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो।

जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए। ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट आफ्नो नाम गरे।

जितसँगै जिम्बावे २ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ। हारसँगै नेपाल समूह ए को दोस्रो स्थानमा रहेको छ।

नेपालको दोस्रो खेल २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको छ। नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.