दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि

A notice in Nepali from Mechinagar Ward No. 10

२२ साउन, काठमाडौँ : नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ ।

सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

जगुअर्सले दिएको १३१ रनको लक्ष्य समान पाँच विकेट गुमाउँदै पूरा गरेपछि टाइगर्स च्याम्पियन बनेको हो ।

टाइगर्सको जितमा दीपेन्द्रले १७ बलमा एक चौकासहित १६ रन बनाउँदै रिटायर आउट भएका थिए ।

फाइनल खेलमा सन्दीप भने विकेटविहीन रहे ।

दीपेन्द्रले पहिलो पटक कुनै अन्तर्राष्ट्रिय लिग खेलेका थिए ।

अब दुवै खेलाडी नेपाल फर्किएर एसिया कपको तयारीमा जुट्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.