कमल गापालाई अन्तरपालिका लिग तथा नकआउटको बाँकी खेल प्रतिबन्ध

A notice in Nepali from Mechinagar Ward No. 10

झापा। भद्रपुरमा जारी झापा जिल्ला अन्तरपालिका लिग तथा नकआउट प्रतियोगितामा आजको दोस्रो खेलमा कमल गाउँपालिका खेलाडीले रेफ्री माथी हातपात गरेको घटनाको भर्त्सना गर्दैन एक प्रेस विज्ञप्ति जारी गरेको छ।

सो विज्ञप्तिमा खेलको अन्तिम पाँच मिनेटअघि कमलका खेलाडीले मुख्य रेफ्री डिकबहादुर श्रेष्ठलाई हातपात तथा कुटपिट गरेको  कुटपिटबाट श्रेष्ठ घाइते बनेको कुरा उल्लेख गरिएको छ।

अर्जुनधारा र कमलको खेलमा ६५ औं मिनेटमा अर्जुनधाराका खेलाडीलाई पेनाल्टी दिएपछि असहमती जनाउँदै कमलका कप्तान लक्ष्मण बेघा, गोलकिप्पर उत्तम कार्की र प्रशिक्षक चित्रमान राईले रेफ्री श्रेष्ठलाई हातपात गरेपछि रातो कार्ड खाएका थिए ।
कार्ड पाएपछि कमलले खेल नखेल्ने भन्दै मैदान छोडेपछि अर्जुनधारालाई विजयी घोषणा गरिएको थियो । आयोजक र अफिसियलहरुले मैदान नछोड्न आग्रह गरे पनि कमलले मानेन ।
आजको जितसँगै अर्जुनधारा आफ्नो समूहको पहिलो स्थानमा चढेको छ । उसको ४ अंक पुगेको छ ।
यसअघि खेलको २८ औँ मिनेटमा अर्जुनधारका निखिल तामाङले गोल गरेका थिए । तर, ३८ औँ मिनेटमा कमलका नरबहादुर मगरले गोल फर्काएका थिए ।
अर्जुनधाराले अन्तिम खेल अंकविहीन रहेको दमकसँग प्रतिस्पर्धा गर्नेछ भने एक खेल खेल्न बाँकी रहेको कमललाई प्रगियोगिताबाटै निलम्बन गरिएको छ । खेल नियमविरुद्ध रेफ्रीमाथि कुटपिट गरेको कारण कमललाई बाँकी खेलमा प्रतिबन्ध लगाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.