स्वर्गिय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आजदेखि गल्फ प्रतियोगिता सुरु भएको छ । स्वर्गिय शेर्पाकी धर्मपत्नी चन्दा राई शेर्पाले गल्फ क्लवले बल हानेर खेलको उद्घाटन गरेसँगै खेल सुरु भएको हाे । आजको खेलमा ७५ जना गल्फरले प्रतियोगितामा भाग लिनेछन् भने भोली ८४ जना गल्फरले भाग लिने आयोजकले जनाएको छ। यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा आज र भोलि प्रतियोगिता हुनेछ।
प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताले यती गु्रपकै सञ्चालनमा रहेका कम्पनी तथा रिसोर्टले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

























