बनकाे ध्यानाकर्षण पत्र मेचीनगरलाई

A notice in Nepali from Mechinagar Ward No. 10

७ असार, मेचीनगर : सामुदायिक बन उपभोक्ता नगरमहासंघ मेचीनगरले विहीवार मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा सामुदायिक बन उपभोक्ता लक्षित कार्यक्रम सञ्चालनका लागि बजेट माग गर्दैँ ध्यानाकर्षण पत्र बुझाएकाे हाे । नगर महासंघ नगर अध्यक्ष जानुका न्याैपाने ओलीकाे नेतृत्वमा नगरपालिका पुगेकाे टाेलीले नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएकाे थियाे ।

नगर महासंघमा १३ वटा सामुदायिक बन रहेकाे ध्यानाकर्षण पत्रमा उल्लेख छ । बन, वातावरण, पर्यावरण संरक्षण गर्दैँ स्थानीय जनतालाई सशक्तीकरण गराउँद‌ँ नगरका अति विकटक्षेत्रमा स- साना विकासकन कार्य गरिरहेकाे याे सामुदायिक बनकाे नगर स्तरीय छाता संगठन सामुदायिक बन नगरमहांसंघमा करीव ८ हजार घरधुरी उपभोक्ताहरूलाई प्रत्यक्ष तथा समग्र नगरवासीलाई अप्रत्यक्ष रूपमा लाभान्वित गराउँदैँ आएकाे अध्यक्ष ओलीले जानकारी दिनुभयाे ।

विभिन्न किसिमबाट मासिदैँ गएकाे सरकारी बनलाई घना र हराभरा बनाउँदैँ त्यहाँ भएकाे जैविक विविधता समेत संरक्षण सम्वर्द्धन गर्दैँ जनतालाई सहज एवम् नियम संगत बन पैदावार उपभाेग गराईरहेकाे अवस्थामा नेपाल सरकारलाई कर तथा स्थानीय सरकारलाई समेत आयकाे श्राेत बनेका सामुदायिक बनहरूकाे सशक्तीकरण गर्न , रसायनिक मलकाे प्रयाेग घटाउन, प्लास्टिक जन्य पदार्थकाे प्रयाेग घटाउँदैँ दुना टपरा उत्पादन गरी उपभोक्तालाई राेजगारीकाे अवसर पैदा गर्नका लागि नगर महासंघले नगर परिषद मार्फत ५० लाख रूपैयाँ बजेट विनियोजन गरिदिन ध्यानाकर्षण पत्रमा उल्लेख गरेकाे छ । यसले स्थानीय उपभोक्तालाई व्यवसायिक बनाएर पर्यावरणीय कार्यद्वारा सामुदायिक बन तथा उपभोक्तमा राेजगारी सिर्जना गरी आयस्तर बृद्धि गर्ने विश्वास लिईएकाे छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले यसलाई स्थानीय सरकारले सकरात्मकरूपमा लिईएकाे बताउँनुभयाे । नगरभित्रका बन, शैक्षिक संस्था, स्वास्थ्य केन्द्रलगायत सबैक्षेत्रकाे संरक्षण, प्रवर्द्धन र विकाश गर्नु स्थानीय सरकारकाे जिम्मेवारी रहेकाे स्पष्ट पार्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.