डडेल्धुरामा प्रसिद्ध ‘बडाल जाँत’ सम्पन्न, उग्रतारा मेला मंसिर ७ गते हुने

लाटागन्याप मन्दिरमा परम्परागत चौलो र भोक्करसहित भव्य रूपमा मनाइयो बडाल जाँत, सुदूरपश्चिममा धार्मिक तथा सांस्कृतिक पर्वको उल्लास।

A notice in Nepali from Mechinagar Ward No. 10
डडेल्धुराको बडाल जाँतमा सहभागी दर्शनार्थी र परम्परागत झाँकी

📌 मुख्य बुँदाहरू:

  • डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा परम्परागत ‘बडाल जाँत’ हर्षोल्लासका साथ सम्पन्न भएको छ।
  • जाँतको मुख्य आकर्षणमा परम्परागत बाजागाजा, भोक्कर, भाला, गुर्जा र चौलो प्रदर्शन रहेका छन्।
  • सुदूरपश्चिमकै अर्को महत्वपूर्ण उग्रतारा मेला आगामी मंसिर ७ र ८ गते हुने भएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२, बडालस्थित लाटागन्याप मन्दिरमा परम्परागत ‘बडाल जाँत’ भव्यताका साथ मनाइएको छ। हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन ‘रतेडी’ र हरिबोधनी एकादशीका दिन ‘दिउँसेडी’ (जाँत) लाग्ने परम्परा अनुसार शुक्रबार यो पर्व सम्पन्न भएको हो।

लाटागन्याप देवताको भक्तिस्वरूप मनाइने यस जाँतमा परम्परागत बाजागाजा, भोक्कर, भाला, गुर्जा तथा नाङ्गो खुकुरी र तरबार हातमा लिएर खेलिने ‘चौलो’ मुख्य आकर्षणको रूपमा रहेको थियो। परम्परागत पहिरनमा सजिएका स्थानीयले बाजाको तालमा चौलो प्रदर्शन गर्दा उपस्थित दर्शनार्थीहरू निकै उत्साहित भएका थिए। गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र कार्कीले सुदूरपश्चिममा बैतडीको देहिमाण्डौ ‘दाइन दमाहा’का लागि प्रसिद्ध भएजस्तै बडाल जाँत ‘चौलो र भोक्कर’का लागि प्रख्यात रहेको बताएका छन्।

जाँतमा देशविदेशबाट दर्शनार्थीहरूको सहभागिता

जाँतका दिन माली गाउँबाट मूल देउरो आउनुका साथै देउवा, रमाईल, लाटा भूमीदेउली, बडाल र सुतारी गाउँबाट आएका देउरोहरू बिहान मन्दिरमा पुग्ने परम्परा रहेको छ। मेलामा डडेल्धुरासहित डोटी, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतका केही स्थानबाट समेत दर्शनार्थीहरू उपस्थित भएका थिए। धार्मिक आस्थासँगै यो जाँत सामाजिक सद्भाव र पारिवारिक भेटघाटको पर्वका रूपमा समेत परिचित छ, जहाँ रोजगारीका सिलसिलामा बाहिर रहेका व्यक्तिहरू घर फर्किएर पर्व मनाउने गर्दछन्।

उग्रतारा मेलाको तयारी पूरा

यसैबीच, सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण जाँतका रूपमा परिचित उग्रतारा मन्दिरमा आगामी मंसिर ७ गते रतेडी र मंसिर ८ गते देहिजाँत हुने भएको छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी जाँत हुने गरेको छ। मेलाका लागि छचोडा, खनमडा, दुमडा र जिलोडा लगायत चार गाउँबाट झिसमिसे बिहान देउराहरू जुटेर बाजागाजासहित मन्दिरमा पुग्ने परम्परा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.