झापामा विद्युत प्राधिकरणको एक कर्मचारीको करेन्ट लागेर मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड । झापाको विर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

विर्तामोड–४ बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुधबार(आज) बिहान सोही नगरपालिका –८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थिए। त्यसै क्रममा उनलाई करेन्ट लागेर खसेका थिए।

भुइँमा लडेपछि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भट्टराईलाई उपचारको लागी बिएन्डसी अस्पताल विर्तामोड पुर्‍याउँदा मृत्यु भएको थियो। उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.