सवारी दुर्घटना हुँदा चालकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

ताप्लेजुङ ।ताप्लेजुङको सिरीजंघा गाउँपालिका ८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति याम्फुदिनको भोटे गाउँबाट छेबुकतर्फ जाने क्रममा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा फुङ्लिङ नगरपालिका ५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ओरालो बाटोमा गाडी अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.