उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

उर्लाबारी ।मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी ६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार बिहान मृत्यु भएको हो ।

राई लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामाग्री सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका थिए ।

इलामको चुलाचुली घर बताउने राईका आफन्तहरू सम्पर्क आइनसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.