विषालु सर्पको डसाइबाट कचनकवलकी टीकामायाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर।झापाको कचनकवलमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ निवासी अन्दाजी ६५ वर्षीया टीकामाया दाहाल रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान करिब साढे ११ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेका बेला कोब्रा सर्पले उनलाई दायाँ खुट्टामा डसेको थियो।
घाइते भएकी दाहाललाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी लगिएको थियो। उपचार केन्द्रमा पुर्‍याउँदासम्म उनको शरीरमा विष फैलिसकेकाले मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.