वीपी राजमार्गमा तत्काल सवारीसाधन चलाउन नसकिने

A notice in Nepali from Mechinagar Ward No. 10

बनेपा : बाढीले क्षति पुगेको वीपी राजमार्गमा तत्काल यातायात सञ्चालन हुन नसक्ने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले बाढीका कारण वीपी राजमार्गको विभिन्न ठाउँमा सडक क्षति भएसँगै तत्काल यातायात सञ्चालन हुनसक्ने स्थिति नरहेको जनाएको हो।

बाढीले वीपी राजमार्गको धुलिखेल-नेपालथोक सडकखण्डको अनेकौँ ठाउँमा सडक क्षति गरेकाले तत्काल भकुण्डेबाट पूर्वतर्फ सडक सञ्चालन हुने अवस्था नरहेको कार्यालयले जनाएको छ। बाढीका कारण वीपी राजमार्गको १ नम्बर पुल, कटुञ्जेवेशी, नार्के, डालाबेँशीमा सडक पूर्ण रूपमा क्षति भएको छ।

कार्यालयका प्रमुख सीडीई सुमन योगेशले रोसी नदीमा आएको बाढीका कारण वीपी राजमार्गको विभिन्न ठाउँमा गरी १५ सय मिटर सडक भत्किएकाले तत्काल यातायात सञ्चालन गर्न सम्भव नभएको बताए।

उनले तत्कालका लागि भकुण्डेसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट पूर्व यातायातका साधन जान सम्भव नभएको बताए। उनले भकुण्डेबाट अघि बढेपछि मात्रै सडक निर्माण गर्न सकिने या नसकिने यकिन गर्न सकिने पनि बताए।

गणेश, हिमाल, तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापाले बाढीले सडक क्षति गर्दा नेपालथोकदेखि कटुन्जेसम्मको क्षेत्रमा करिब सयवटा माइक्रो, २० वटा ठूला बस रोकिएको बताए।

उनले सडक डाइभर्सन नगरेसम्म सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए। उहाँले सबै निकायको समन्वयमा पर्याप्त उपकरण प्रयोग गरिएमात्र एक साताभित्र डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न सकिने बताए।

विसं २०५० सालमा परेको भीषण पानीले त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति हुँदा जनजीवन अस्तव्यस्त र यातायात नै बन्द भएपछि सरकारले वीपी राजमार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न जापानको अनुदान सहयोगमा आव ०५३/५४ बाट निर्माण शुरु गरेर २०७२ असार १८ गते सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.