२० असोज मेचीनगर : इलाममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । ईलाम जिल्ला सन्तकपुर गाविस वडा नम्वर –०३ सुलुबुङ्ग निवासी आमा ७२ वर्षीया शारदादेवि सेढाई र छोरी ४८ वर्षीया तारादेवि सेढाईको मृत्यु भएको उनका भतिजा दिनेश सेढाईले जानकारी दिए ।

आफ्नै घरमा रहेका बखत अविरल वर्षाका कारण आइतबार विहान ३ बजे पहिरोमा परी उनीहरुको ज्यान गएको भतिज दिनेशको भनाई छ । छोरी बुहारी कुमार र चन्दा सेढाई झापाको विर्तामोडमा बस्दैं आएका छन् । घरमा आमा छोरीमात्र बस्ने गरेका थिए ।
पहिरोले घर लडाएपछि पुरिएर उनीहरुको निधन भएको हो । स्थानीयले खनेर उनीहरुको शव निकाल्ने प्रयास गरेका भए पनि सम्भव नभएपछि जेसीभीको सहायतले दिउसो १ बजे दुवैजनाको शव निकालिएको भतिज दिनेशको बताए । कोशी प्रदेशको १४ वटा जिल्लामध्ये सवैभन्दा बढी बाढि र पहिरोमा परी ३७ जनाको मृत्यु भएको बताइएको छ ।


























