Thursday, June 24, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटजित्न सक्नु भएन पोखरेलले कोरोनालाई

जित्न सक्नु भएन पोखरेलले कोरोनालाई

झापा, २७ जेठ । झापाका निर्माण व्यवसायी दिपेन्द्र पोखरेलको कोरोना संक्रमणका कारण निधन भएको छ ।
एक महिनादेखि उपचाररत पोखरेलको बुधबार राति १२ बजे नर्भिक हस्पिटल काठमाडौंमा मृत्यु भएको हो ।

बिर्तामोड नगरपालिका–३ निवासी ५३ वर्षीय पोखरेल नेपाल प्लाइउड भेनियर संघ प्रदेश १ का अध्यक्ष समेत हुनुहुन्थ्यो ।

निर्माण व्यवसायी महासंघ झापाको अध्यक्षको जिम्मेवारी समेत सम्हाली सक्नु भएका पोखरेल उद्योगी सँगसँगै राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।
पोखरेल नेपाली कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।

पोखरेलका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ। पोखरेलको निधनले काँग्रेस सिंगो पार्टी र निर्माण व्यवसायीहरुका लागि अपुरणीय क्षति पुगेको बताईएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु