३ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ४१३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७३४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ जनाको पीसीआर परीक्षण गर्दा ६५६ जनामा संक्रमण देखिएको छ भन २ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार १३ जनाको कोरोना परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ८४ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८८ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ४९ हजार २१३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।