१० जेठ, मेचीनगर । मेचीनगरमा थप एक कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा वडा नम्बर १४ का ४३ बर्षीय पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले जानकारी दिए ।
कोरोना संक्रमण पछि उपचारको क्रममा रहेका उनको बिर्तासिटि हस्पिटलमा आइतबार विहान निधन भएको बरालले बताए ।
उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनको नेपाली सेनाको सहयोगमा स्थानीय हडिया खोलााम दाहसंस्कार गर्ने तयारी भइरहेको जनाइएको छ ।
थप एकको मृत्यु हुँदा मेचीनगरमा कोरोना संक्रमितको निधन संख्या १२ पुगेको छ ।

























