मेचीनगरमा थप एकजनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १६ जेठ / मेचीनगरमा कोभिड १९ का कारण आइतबार थप एकजनको मृत्यु भएको छ । मेचीनगर १३ तीनघरेका करीव ४५/४६ वर्षका पुरुषको मृत्युभएको स्थानीय सामाजिक अभियन्ता नरेश महराले जानकारी दिनुभयो ।झण्डै १२ दिनअघि उनमा कोभिड पुष्टि भएको थियो । त्यस पश्चात विर्तामोडस्थित मनमोहन सामूदायिक अस्पतालमा उपचार भइरहेको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर बनेकाले रेफर गरिएको थियो । अस्पतालबाट केही दिन मेचीनगर नगरपालिकाले सञ्चालनमा ल्याएको मेचीनगर ११ घाइजनको काभिड आइसोलेसनमा राखिएको थियो । आइतबार विहान थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको महराले बताउनुभयो ।
मृतकका एक श्रीमती एक छोरा र एक छोरी छन् । आइतबार नै नेपाली सेनाले उनको शव निन्दा नदीमा व्यवस्थापन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.